‘प्रधानमन्त्री ज्यु, सबै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्नुस, यहि हो उपयुक्त समय’

अहिले गोबिन्द केसीको आमारण अनसनको बारेमा सायद कमै नेपालीहरुलाई मात्र थाहा होला | उहाको आन्दोलनको बारेमा धेरै पक्ष-बिपक्षामा निस्केको बहस पनि हामीले सुनिसकेको छौ | तर अब बहसमा मात्र उत्रिने हो भने यो समस्याको समाधान हुने हैन कि झन् जटिल बन्ने खतरा प्रबल छ |

उहाले उठाएको माथेमा आयोगको प्रतिवेदनको हुबहु कार्यान्बयको मागले स्वभाबिक रुपमा मनमोहन र नेकपा निकटको B&C झापालाई सम्बन्धन पाउन बाट बन्चित हुने नै छ | यसरी बन्चित हुदा मेडिकल कलेज चलाउन ठिक्क परेको यी कलेजहारूलाई ठुलो क्षति त पुग्छ नै | तर डाक्टर गोबिन्द केसीले आमरण अनसनलाई जारी नै राखेर आफ्नो ज्यान नै फाल्नु पर्यो भने त्यसले निम्त्याउने क्षति भनेको सरकारलाई र नेकपालाई झनै धेरै हुने छ |

हरेक मान्छेलाई जिबनको उतरार्धमा व्यक्तिगत लाभको पर्वाह नगरी देश र जनताको लागि काम गर्ने इच्छा हुदो हो साएद | हामीले यस्तो अनगिन्ति उदाहरणहरु देख्न सकिन्छ | प्रधानमन्त्री ज्यु, तपाई स्वयम् पनि पहिलाको के. पी. ओली जस्तो पक्कै हुनुहुन्न | तपाईमा यो देशको प्रगति र उन्नतिको लागि केहि उदाहरणीय काम गरेर मात्र बिदा हुने भन्ने भाबना हामि देख्न सक्छौ | हो तपाइले पछील्लो चरणमा नेपाल र नेपाली जनताको लागि अत्यन्त साहसिक काम गर्नु भएको छ | भारतले नाकाबन्दी लगाउदा पनि तपाइले नेपाली जनताहरुको शिरलाई उच्च पार्नु भयको थियो | तपाइँ भारतिया थिचोमिचोको बिरुद्दमा झुक्नु भएन, बरु नेपाली जनतालाई एकताबद्द गर्ने काम गर्नु भयो | भारतको एकाधिकारलाई अन्त्य गर्दै चिन संग सम्झौता गर्नु भएर राजा महाराजले पनि गर्न नसकेको काम तपाइले गरेर देखाइदिनु भएको छ | फलस्वरुप हामि नेपाली जनताहरु अब भारतीय नाकाबन्दीबाट कहिल्यै पनि पिडित हुनु पर्दैन | यस्ता धेरै अनगिन्ती कार्यको सुरुवात गर्नु भएको हुनाले तपाइलाई नेपाली जनताहरुले जुग-जुग सम्म सम्झिरहने छन् |

तर तपाइले आर्जन गर्नु भएको त्यो उचाई आज डाक्टर गोबिन्द केसीको आमरण अनसनले ओझेलमा पारिरहेको छ | यदि डा. के.सी. को आमरण अनसनले गर्दा कतै तपाइलाई जनताहरुले बिर्सने त हैन? केहि गरि डाक्टर गोबिन्द केसी यो आमरण अनसनबाट मृत्यु भयो भने कतै भोलि के.पी. ओलीले डाक्टर केसी लाई मार्यो भन्ने त हैन जनताहरुले ?

म हरेक दिन चाहन्छु कि हाम्रो प्रधानमन्त्री कसैको आलोचनाको सिकार नबनोस | यो सरकारको लोकप्रियता घट्ने काम नहोस | यहि सरकारले देश र जनताको लागि एउटा गतिलो रोड तयार पारोस | हो तपाई र तपाइको मन्त्रिपरिषद्को टिमले केहि सकरात्मक कार्य गर्नु भएको नै छ | अनि यो सरकारको बजेट पनि भर्खरै लागु भएको छ | हामीलाई आशा र भरोशा छ कि तपाइको सरकारले ल्याएको बजेटले नेपालको सम्रिद्दी र बिकासको नयाँ सम्भावनाको ढोका खोल्ने नै छ | तर पनि तपाईहरुले जति नै कार्य गरेता पनि यहि डा. केसीको आमरण अनसनले तपाइहरुले अगाडी सार्नु भएको सम्रिद्दीको योजना छायामा परिरहेको छ | एकातिर डाक्टर केसी आफ्नो मागमा एक कदम पनि पछी नहट्ने बरु मर्न तयार हुने अनि अर्को तिर तपाईहरु पनि आफ्नो एकजना कर्मचारी संग झुकेर बार्ता नगर्ने हो बरु मरे मरोस भनेर बस्ने हो भने एउटा घटना चाही पक्क के हो भने केहि दिनमा यो संसारबाट डाक्टर गोबिन्द केसी बिदा लिएर जाने छन् | हामीले पनि डाक्टर गोबिन्द केसीलाई अलबिदा भन्नु बाहेक केहि हुने छैन |

यदि ठ्याकै त्यस्तो भयो भने यो देशको परिस्थिति कस्तो होला प्रधानमन्त्री ज्यु ? नेपालमा एक किसिमको सन्नाट छाउने छ | एक जना डाक्टर आमरण अनसन बसेर अनि मरेर आउने सम्रिद्दीले हजारौ महान सहिदहरुले दिएको बलिदान ओझेलमा पर्ने छ | आगामी केहि बर्षहरुमा देशले सम्रिद्दीको शिखरमा पुग्ला नै तर हामीले त्यो बेला पनि यिनै डाक्टर केसीलाई सम्झिनु पर्दा स्वाभाविक रुपमा हामीलाई नरमाइलो लाग्ने नै छ | त्यस्तै मनमोहन मेडिकल र झापाको B&C कलेजमा अध्यनरत विद्यार्थीहरुले पनि डाक्टर गोबिन्द केसीको मृत्युको कारणले हाम्ले यो कलेजमा पढ्न पायको भनेर कुराकानी गरिरहदा स्वाभाविक रुपमा त्यहाँ पनि सन्नाट छाउने नै छ |   

पक्कै पनि डाक्टर केसीको पछी लाग्ने हरुको पनि स्वार्थ छन् | यदि अब १० बर्ष सम्म काठमाण्डौमा अरु मेडिकल कलेज आएन भने अहिले भएको मेडिकल कलेजहरुको मनोमानी अझ बढ्ने छन् | अनि कुनै बिश्वबिधालयले ५ ओटा भन्दा मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने हो भने अबको धेरै वर्ष सम्म अहिले भएको मेडीकल कलेजहरुको मात्र सिन्डिकेट लाग्ने छन नै | अहिले नै त सरकारले तोकेको भन्दा २० औ लाख धेरै पैसा असुल्छ भने झन् आगामी दिनमा के चाही नहोला ?

तर जे जस्तो भय पनि दुवै पक्षले एक-अर्काको दम्भ पालेर मात्र बस्ने हो भने यो समस्याको समाधान पक्कै हुने छैंन बरु यसले झन् बिकराल रुप लिनेछ | डाक्टर केसीले अनसन नछोड्ने अनि नेपाली कांग्रेसले संसद चल्न नदिने भए पछी यो समस्या अझ झन् पेचिलो बन्ने खतरा प्रबल रहेको छ | तर समस्या जति नै ठुलो भए पनि त्यो समाधान नै हुन्न भन्ने छैन | अहिले यो समस्याको पनि पक्कै समाधान छ नै | यदि डाक्टर केसीले आफु पछाडी हटेर अनसन तोडेर सरकारलाई सहयोग गर्ने आँट गर्छ भने यसले समाधानको बाटोमा जान मद्दत पुग्छ तर डा. केसी महोदयले त्यो बाटोमा हिड्छ भनेर अनुमान लगाउन सकिन्न | अनि सरकार पनि जुम्लामा गएर डा. केसी संग बार्ता गर्ने मुडमा देखिदैन | तर सरकारले अर्कै बाटो रोज्ने हो भने न त डा. केसी संग झुक्नु पर्छ न त केसी संग नै बार्ता गर्नु पर्छ |

त्यसो भए उपाय के हो त ?

हरेक समस्याको समाधान नहुने हो भने पक्कै पनि त्यो समस्या बनेर आउने थिएन | तर हरेक समस्यालाई समाधान मात्र गरि रहने हो भने फेरी फेरी समस्या देखा परिरहन्छ | यो समस्या पनि त्यहि हो | यहाँ समाधान मात्र गर्न खोजियो तर यो समस्यालाई समाधान मात्र हैन कि सरकारले अब अबसरको रुपमा लिनु जरुरि छ |

हामि सबै एउटा कुरामा सहमत छ कि मेडिकल क्षेत्रको बिकृती भनेको यो क्षेत्रमा घुसेको निजीकरण नै हो | स्वास्थ्य क्षेत्र/सेवामा निजीकरण भित्र्याउने राजनीतिक पाटि को हो भनेर मैले भनिरहनु जरुरि छैन, त्यो सबैमा जग जाहेर नै छ कि त्यो पाटि नेपाली कांग्रेस नै हो भनेर | नेपाली कांग्रेसको गलत नीतिले गर्दा आज देशले यो समस्या भोगिरहेको थाहा नपाउने नेपाली कमै होलान | यसैको परिणाम आज अधिकांस (१५ ओटा जति) मेडिकल कलेजहरुको मालिकको रुपमा नेपाली कांग्रेसको नेताहरु विराजमान छन |

मेडिकल शिक्षा जस्तो संबेदनसिल क्षेत्र निजीकरणले गर्दा जनताले सास्ती पायो भनेर बहस गर्ने कम्युनिस्ट पक्षबाट पनि फेरी घुमाइफिराइ त्यहि निजीकरणलाई प्रशय दिनु भनेको अझ समस्याहरुलाई थप्ने बाहेक केहि हुने छैन | त्यसैले अबको सुद्दीकरणको बाटो भनेको डाक्टर केसीले भनेको भन्दा पनि एक कदम अगाडी बढेर सम्पूर्ण मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्ने कानुन निर्माणमा लाग्नु नै हो | मैले सबै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्नु पर्छ अब भनेर भनिरहदा कतिपयलाई लाग्न सक्छ कि राज्यसंग अहिले नै सबै मेडिकल कलेज किन्न सक्ने क्षमता छैन | तर मलाई के लाग्छ भने राज्यले आँट गर्यो भने कुनै पनि कुरा असम्भब हुन्न | यहाँ त मात्र इच्छाशक्तिको खाँचो छ |

रास्ट्रीयकरण गर्दा ड़ा. गोबिन्द केसीको अनसन के हुन्छ?

म यो कुरा ग्यारेन्टीका साथ भन्न सक्छु त्यो के हो भने यदि सरकारले सम्पूर्ण मेडिकल कलेजलाई सरकारी मातहातमा ल्याउने निर्णय गर्दा पनि डा. केसीले अनसन जारि राख्यो भने ३ करोड नेपाली जनता उनको बिरुद्दमा उभिने छन् | अब मेडिकल शिक्षा सरकारले जिम्मा लिने कानुन बन्यो भने यसमा कसैको आपति हुने छैन र हुनु पनि हुदैन | त्यसैले डाक्टर गोबिन्द केसीले पनि हासी हासी अनसन तोड्नु पर्छ | भलै उनले सरकारलाई प्रशंसा गर्न हिच्किचाउछ होला तर रास्ट्रीयकरण गर्ने कानुन बन्यो भने त्यो फेरी पनि ३ करोड जनताको हितमा हुनेछ | अनि डा. केसीको आन्दोलनको औचित्य समाप्त हुन्छ |

कांग्रेसको आन्दोलन नी ?

अधिकांस मेडिकल कलेजहरु चलाइराख्या कांग्रेसी नेताहरुलाई रास्ट्रीयकरणको निर्णयले पक्कै पनि भूकम्प ल्याउने वाला छ | आफ्नो स्वार्थमा धक्का लाग्ने भए पछी कांग्रेसी नेताहरु सरकारको बिरोधमा खरो रुपमा उत्रिने नै छन् तर आम शोसित पिडित कार्यकर्ताहरु भने उल्टै आफ्नै नेताहरुको बिरोधमा उत्रिने सम्भावना रहन्छ | हिजो सम्म सरकारलाई मेडिकल माफिया भन्ने तरुण दल र नेबिसंघको युवाहरु बल्ल बास्तबिकता थाहा पाउने छन् | मेडिकल माफिया त सरकार हैन रहेछ, माफिया त आफ्नै नेताहरु पो रहेछ भनेर |

मनमोहन मेडिकल कलेजको भबिष्य के हुने हुन् ?

बास्तबमा अधिकांस नेकपाको कार्यकर्ता र शुभचिन्तकहरु मनमोहन अधिकारी जस्तो उच्च व्यक्तित्वको नाम सहकारीको नाममा कुनै अमुक नेताहरुले बोकेर हिडेको मन परेको छैन | कुन कुन नेताहरुको लगानी छ त्यसमा मलाई ठ्याकै त थाहा छैन तर पनि केहि नेताहरुले उहा जस्तो उच्च व्यक्तित्वको नाम यसरि बिबादमा ल्याएको सुहाउदैन | मनमोहन अधिकारी कुनै सामान्य व्यक्ति हैनन | उहा त राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ | हरेक बृद्द बाबु आमाको आड भरोशा हो मनमोहन अधिकारी | हरेक बिकाश निर्माणको प्रतिक हो मनमोहन अधिकारी | सामाजिक आन्दोलनको बिशेष व्यक्तित्व हो मनमोहन अधिकारी | यस्तो धेरै अनगिन्ति उपमा दिन सकिन्छ मनमोहन अधिकारीलाई | तर आज केहि सिमित नेताहरुले उहा जस्तो बिशिस्ट व्यक्तिको नाम आफ्नो स्वार्थ अनुसार बोकेर हिडीरहेको छ जस्तो देखिरहेको छ | त्यसैले अबको दिनमा यसको निरन्तरमा क्रमभंग हुनु जरुरी छ | किनकि मनमोहन अधिकारी नाम सबैको साझा नाम हो |

अबको सरकारको ध्यान भनेको मनमोहन अधिकारीको नाममा सरकारी तहबाट नै मेडिकल कलेज खोल्ने हुनु पर्छ | मनमोहन मेडिकल कलेज अब केहि अमुक नेताले बोकेर हिड्ने हैन | अब २/३ को कम्युनिस्टको सरकारले बोक्नु पर्छ | मनमोहनको नाममा केहि अमुक नेताहरुले आफ्नो धन्दा चलाउन बन्द गर्नु पर्छ | अनि मात्र उहा प्रति वास्तविक सम्मान हुन्छ |

B & C को भबिष्य के हुने ?

अब सम्पूर्ण MBBS पढाइको जिम्मा सरकरी स्तरबाट लिने भने पछी B&C को संचालकले चित दुखाउनु जरुरी छैन | MBBS बाहेकको पढाइमा आफुलाई केन्द्रित गर्नु नै बुद्दिमता देखिन्छ |

त्यसैले अब सरकारले लिने बाटो भनेकै निजिकरणलाई अन्त्य गरेर रास्ट्रीयकरण गर्नु नै उचित देखिन्छ | यसैमा छ जनताको भलाई, यसैमा छ सरकारको भलाई, यसैमा छ नेकपाको भलाई….    

लेखकः कमल तामाङ