आफ्नै चेलीलाई माईतीको आँगन बिरानो भएपछि…

काठमाडौँ– नेपाली हिन्दू नारीहरुको विशेष पर्व हरितालिका तीज नजिकिएसँगै तीजसँग सम्बन्धित गीतहरु बजारमा आइरहेका छन् । यसै मेसोमा सञ्चारकर्मी सबिता पोखरेल (पण्डित)को ‘बिरानो भो माईतीको आँगनी’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रमकोबीच शुभकामना म्युजिक प्रालिको प्रस्तुतिमा काब्य आचार्यको आवाज र लय सिर्जनामा सजिएको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

राजिब बलामीद्वारा निर्देशित भिडियोलाई छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् भने सम्पादन दिन्सन शाहले गरेका हुन् भने भिडियोमा रिना थापा मगर, मेलिना ठकुरी र रिना राउतको आकर्षक नृत्य सहितको अभिनय रहेको छ ।

बिमोचन कार्यक्रममा गीतकार पोखरेलले गीति लेखनमा आफ्नो पहिलो प्रयाश भएकोले केही गल्ती कमजोरी भएमा सुधार गर्ने मौका दिन र आम दर्शक÷श्रोताले हौसला प्रदान गरिदिन आग्रह गरिन् । आफ्नै परिबेशको यथार्थतालाई गीतको माध्ययमबाट बजारमा ल्याउने कोशिस गरेको पनि उनले बताइन् ।

कायक्रममा गायक शिब परियारले तीज गित भनेको चेलीको भाव प्रकट गर्ने गीत भएको र यस गीतले मौलिकता बोकेको हुनाले पछिल्लो समयमा पुरुष हाबी भएको नेपाली तीज गीतको भिडमा फरक स्थान लिने बताए ।

त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि उन्नति बोहरा शिलाले गीत निकै उत्कृष्ट बनेकाले सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गरिन् भने भरत बम्जन लागएतका अन्य धेरै कलाकारहरुले पनि संचारकर्मी एवं गीतकार सबिता पोख्रेलको यो प्रयासलाई शुभकामना ब्यक्त गरे ।

उन्नति बोहरा शीला, भरत बम्जन, शिव परियारलगायतको आतिथ्यतामा को आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।