बाह्रबीसे र भोटेकोशी जोड्ने पुल बगायो

सिन्धुपाल्चोक– अविरल वर्षाको कारण आएको बाढीले बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साधीखोला पुलको आधा भाग बगाएको छ ।

उक्त पुल बगाएपछि मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ ।

पुलको आधा भाग बगाएसँगै बाह्रविसे नगरपालिकाका केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ ।

खोर्सानीबारी नजिकै साधीखोलामाथिको पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालय बाहबीसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए ।

पुल क्षतिग्रस्त भएपछि मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । प्राविधिकहरु आएर पुलको निरीक्षण गरेपछि मात्रै यातयात सञ्चालन गर्ने प्रहरी कार्यलयले जनाएको छ । पुलको दुवैतर्फको जग आधा सरेपछि नेपाल–चीन सीमा आसपासका स्थानीय समस्यामा परेका छन् ।