दर खान जाँदा बेगनास तालमा डुंगा डुब्यो, दुईको मृत्यु, ६ जना बेपत्ता

पोखरा– पोखराको बेगनास तालमा डुंगा डुब्दा दर खान हिँडेका २ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

बेगनास तालको लिब्दी टुडँमा १० जना सबार डुंगा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।

५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल र ३२ वर्षिय रवी खनाल तालमा बेपत्ता छन् ।

रबी खनाल नेपाली सेना हेटौंडामा कार्यरत जवान हुन्। उनीहरुको खोजीकार्य भइरहेको कास्कीका प्रहरी प्रमुख ओम रानाले बताए ।

तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेललाई स्थानीयले उद्दार गरेका थिए। डुंगामा एक्लै गएका कमलराज कँडेल तालमा आफन्त डुबेको देखेपछि बचाउन गएका थिए। तर, उनलाई पनि स्थानीयले उद्धार गरे। उनी अहिले बेहोस अवस्थामा छन् ।

डुंगामा पानी भरिए पछि डुंगा डुबेको पौडीएर बाच्न सफल भएकी सपना खनालले बताइन्। उनले डुंगामा पानी भरिए पछि सबै जना तालमा खसेको बताईन्। ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिए,’ उनले सेतोपाटीसँग भनिन् ‘लामो समयसम्म उद्धारमा कोही नआए पछि उनीहरू हातबाट फुस्किए, म पौडेर बाचेँ।’