किन कान्छासँग आइन मीना ? (भिडियो सहित)

काठमाडौं– नेपाली गीत संगीतमा चर्चाको शिखर उक्लदै गरकी गायिका मिना राईले ‘आउन नाचौँ नाचौँ कान्छा’ बोलको नयाँ गीत लिएर बजारमा आएकी छन् । यो वर्षमात्र आधा दर्जन बढी गीत गाएर चर्चामा रहकी उनको योगीत टुविन्स ब्रो लक्षमण गुरुङले लेखेका हुन् ।

पछिल्लो समयमा सुगम संगीतमा रमाई रहेका दिपक राई बान्तावाको संगीतमा रहेको उक्त गीतलाई मिनाले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वनजिक गरेकी हुन् । गीत संगीतमा रमाईलो सँगै जीवनको यर्थातताको खोजि गर्ने गायिका मिनाको पुरानै शैलि जस्तै बनेको यो गीतको संगीत संयोजन बुद्ध स्याङबाले गरेका हुन् । भर्जिन रेर्कडिङ स्टुडियोमा तयार पारिएको गीतको रेकर्डिङ कुमार सिंजालीले गरेका हुन् ।

अरु भन्दा फरक किसिमका गीत गाउन सौखिन मिनाको प्राय गितहरुमा नारी पात्रले पुरुष पात्रलाई प्रेमको आव्हान गर्ने लाईनमा रहेको पाइन्छ । यस अघि ‘अलिकती पिरतीको बैना देउ, डिम्पल मायालु, माझीदाई जस्ता गीतहरुमा उनको फरक धार रहेको आम दर्शक श्रोताले बताएका छन् । यहि फरकधारका कारण उनी अहिले देश विदेशका कार्यक्रमहरुमा व्यस्त रहेकी छन् ।

(भिडियो हेर्न तल जानुहोस…)