कृषिको सपना र टनेल दुबै बगायो

काठमाडौं– ८ बर्ष विदेशको बसाईपछि स्वदेशमा कृषि ब्यवसायबाट समृद्ध बन्ने सपना बोकेका सुनिल तामाङको आफू बस्ने घरसहितको आधुनिक टनेल र उत्पादन दिन थालेको तरकारी बाढीले बगाएको छ ।

बाढीमा परि करिव १९ लाखको क्षति भएको छ । तामाङले दुप्चेश्वरी कृषि फार्म दर्ता गरी काठमाण्डौं स्थित गोकर्णेश्वर नगरपालिका ४ नम्गेलमा ८ रोपनीमा ०७३ सालादेखि टनेलमा ब्यवसायिक तरकारी खेति गर्दै आएका थिए । गत साउन २६ गतेदेखि २९ गतेसम्म आएको अविरल बर्षाले उक्त फार्म राति २ बजे बगायो ।
निदाईरहेको अवस्थामा बाढी छिरेपछि २ बर्षको बालक छोरा र श्रीमतिलाई लिएर उनले ज्यान जोगाए । उक्त बाढीले २/३ छिमल टिप्न शुरु गरिएको गोलभेंडा, काँक्रो,करेला, सिमि तथा बोडी र १६/१०० फिटको २ वटा टनेल बगायो । भने अन्य टलेलभित्रको माटो सहित बगाएको थियो । मलेसियामा २००३ देखि ३ बर्ष, ईराकमा २००८ देखि ३ बर्ष र युएईको आवुदाविमा २०१३ देखि २ बर्ष बैदेशीक रोजगारीमा काम गरेका थिए ।

पीडित तामाङले भने, “मलेसियाको रबर फ्याक्ट्रिमा १६०/१७० डिग्रीको ताक्रममा काम गरेको दुःख सम्झिएर स्वदेशमै काम गरें सर, तर प्रकृतिले साथ दिएन ।” नुवाकोट दुप्चेश्वरी २ का तामाङ ४ भाइ मध्येका जेठा छोरा हुन । हाल उनी ३२ बर्षका भए । ६२ बर्षका उनका बुबा मानसिंह तामाङको पनि कुनै ब्यवसायिक पेशा छैन । घर गृहस्थीमै परिवारको गुजरा चलेको थियो । उनले बिदेशबाट कमाएको केही रकम परिवारलाई खर्च गरे भने बाँकी रकम ५ लाख ५० हजारमा उनले नम्गेलमा फार्म खरिद गरेका थिए । दोश्रो बर्ष क्षेत्रफलसमेत बिस्तार गरेर आधुनिक फार्म बनाए ।

फार्मलाई ब्यबस्थित बनाउन उनले श्रीमतीको गहना, मोटरसाईकल पनि बिक्रि गरे । त्यतिले नपुगेपछि स्थानीय चिनारी सहकारीबाट ६ लाख र आफन्बाट गरी १६ लाख रुपयाँ नयाँ फार्ममा लगानी गरे । आल उनको फर्म बगर बनेको छ । फार्म बगाएपछि उनले स्थानीय सरकार, प्रशासन तथा कृषि संघसंस्थाहरुमा सहयोगको याचना गरेका छन । उधारो आश्वसन प्राप्त भए पनि हालसम्म कुनै ठोस सहयोग पाउन सकेका छेनन । हालसम्म कुनै पनि स्थानीय सरकारले यस्ता बिपत्तिमा परेका कृषकहरुलाई राहत तथा क्षतिपुर्ति दिने शुरुवात गरेको छैन ।

तामाङको घटना भने वडा कार्यलयले सिफारिससम्म उपलब्ध गराएको छ । तामाङ दिनभरी बिभिन्न संघसंस्थाहरु समक्ष आफ्ना पीडा र गुनासो लिएर भौंचारिरहेका छन भने साँझ बिहान ढलेको टनेल उठाउँदैछन । ढलेको टनेल त उठाउँन सक्लान तर कृषिबाट समृद्ध बन्ने उनको सपना उठन भने कठिन देखिन्छ ।

कृषक सुनिल तामाङको क्षतिग्रस्त टनेल ।