नृत्य निर्देशक गुरुङलाई ‘सगरमाथा मौलिक अवार्ड’

काठमाडौं– हालै सम्पन्न भएको प्रथम सगरमाथा म्युजिक अवार्ड– २०७५ मा समारोहमा पछिल्लो समय निकै व्यस्त रहेका लोकप्रिय नृत्य निर्देशक दिप गुरुङलाई ‘सगरमाथा मौलीक अवार्ड’ प्रदान गरिएको छ । नृत्य निर्देशक गुरुङलाई ‘‘सिरानचोकको सेरोफेरो’ वोलको मौलीक गीतबाट ‘सगरमाथा मौलीक गीत अवार्ड’ दिईएको हो ।

गीतमा गोरखाको सेरोफेरोलाई बर्डन गरिएको छ । गीतमा निकै नै मिठो मौलीक शब्दहरु सुन्न पाईन्छ । जसमा गायक ताथ सर्जक गाण्ेश गुरुङको शब्द, संगीत रहेको छ भने गणेश र साथीहरुको सुमधुर स्वर रहेको छ । पछिल्लो समय नृत्य निर्देशक दिप गुरुङले निकै नै लोकप्रिय मौलीक गीतहरुलाई जस्ताको तस्तै मैलीक पनमा नृत्य निर्देशन गरेका छन् ।

गोरखाको सिरानचोकको डाँडामा बाबु मनकाजी गुरुङ र आमा मनिता गुरुङको कोखबाट जन्मीएका दिप गुरुङ सिरानचोककै हावा पानीमा हुर्किए । गाउँको स्कुलबाट एसएलसी पास भएपछि उनी उच्चशिक्षाका लागि काठमाडौं प्रवेश गरेका थिए । उनले काठमाडौंलाई उच्चशिक्षाका साथसाथै कर्मथलो पनि बनाउन सफल भए । उनको रोवी रोटी बन्यो गीतसंगीत क्षेत्र ।

पछिल्लो समय दिपले गीतसंगीत क्षेत्रलाई आफ्नो ब्यबसाहि हिसाबमा संचालन गरिरहेका छन् । उनले आफ्नो गाउँलाई मौलीक गीत मार्फत चिनाउने कोशिस गरेका छन् । उनलाई हरेक पाईलामा श्रीमती हेमा गुरुङले साथ दिएकी छन् । हेमा पनि नृत्य निर्देशक हुन् । नृत्य निर्देशनमा पोख्त रहेकी हेमा आफ्ना श्रीमानलाई मौलीक नृत्य निर्देशनमा निकै साथ दिईरहेकी छिन् ।

राजधानीको जमलस्थित रहेको राष्ट्रिय साँस्कृतिक संथानमा आयोजीत ‘प्रथम सगरमाथा म्युजिक अवार्ड– २०७५’ समारोहमा नृत्य निर्देशक दिप गुरुङ र भिमु गुरुङलाई ‘सगरमाथा मौलीक अवार्ड’ प्रदान गरिएको थियो भने, सोही समारोहमा पछिल्लो समय निकै व्यस्त रहेका र कौडा गीतको श्रीवृद्धिमा पु–याएको योगदानको उच्च मुल्याकंन गर्दै लोकप्रिय गायक गणेश गुरुङलाई ‘सगरमाथा संगीत रत्न सम्मान’बाट सम्मान गरिएको थियो ।

गायक गुरुङ नेपाली मौलीक गीतमा शब्द लेखन, संगीत सिर्जना तथा गायनमा पोख्त रहेको भन्दै ‘सगरमाथा संगीत रत्न सम्मान’ गरिएको हो । दिप, भिमु र गणेशको साथमा रंग पत्रकारीता विधामा कलम चलाईरहेका सात जना पत्रकारहरु पनि सम्मानित भएका थिए । सम्मानित हुने पत्रकारहरुमा श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरण प्रसाद अधिकारी रहेका छन् भने पत्रकार गिता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।