संघर्षरत जीवन विताउँदै आएका रवि ओडले जीते दोस्रो नेपाल आइडलको उपाधि

काठमाडौं– ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा सम्पन्न भएको नेपाल आइडल सिजन–२को विजेता रवि ओड भएका छन् । विजेता बनेसँगै उनले २२ लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद पाएका छन् ।

यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।

त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् ।

दोस्रो संस्करणको आइडलको फाइनलमा रवि ओड, अस्मिता अधिकारी, सुमित पाठक र विक्राम बराल प्रवेश गरेका थिए ।