‘म्यादी प्रहरी’देखि ‘नेपाल आइडल–२’को बिजेता सम्म रवि ओडको यात्रा

काठमाडौं– यतिबेला नेपाल आइडल भनेर चिनिएका रवि जीविकोपार्जन गर्नको लागि र घर खर्च चलाउनको लागि कहिले म्यादी प्रहरी बने भने कहिले भारतमा रोजगारीको लागि गएका थिए । नेपाल आइडलमा पुगेर आफ्नो क्षमता देखाउदै सिजन–२को उपाधि विजेता रवि ओडको कहानी कहालीलाग्दो नै छ ।

सानै छदा गुनगुनाएको सुनेर आमाले सोच्थीन रे मेरो छोरो एकदिन ठुलो कलाकार बंन्छ होला । तर विडम्बना यतिबेला छोरा आईडल भएको सफलता हेर्न चाहने उनलाई जन्माउने आमा यो संसारमा छैनन् । हुदी हुन् त आज रविको सफलतामा सबै भन्दा बढी खुसि हुन्थिन् । यतिबेला उनकि अर्की आमा छन् जसले आमाको मायामा कहिल्यै कमि हुन दिएनन । परदेशमा बुवा छन् जसको खुसीको सिमा नै छैन । हजारौ आफन्त लाखौ शुभचिन्तक छन् । उनीहरु सबैलाई रविको सफलताले निकै खुसि बनाएको छ ।

आजसम्म डेन्जर जोन मा समेत नपरेका रविले नै पाधि जित्ने धेरैको अनुमान थियो । फलत सावित पनि भयो । सिजन २ को धनगढी अडिशनबाट नेपाल आईडलको यात्रा तय गरेका रबिले हरेक पटक आफुले उत्कृष्ठ गीत गाउँदै निर्णायाक, दर्शक तथा संगीत पारखिको मन जितेका थिए ।

रबिले सुदूर तथा कर्णाली प्रदेशको संस्कृति झल्किने डेउडा, लोक गीत तथा आधुनिक, राष्ट्रिय, पप लगायतका गीतमा उत्कृष्ठ कला पस्किँदै सबैको मन जित्न सफल भए । यो जीतसँगै आर्थिक रुपमा विपन्न उनको परिवारलाई सम्पन्न बनाउने धोको अब पुरा हुँदै छ ।