माघ १२ मा ‘नाट्यश्वर म्यूजिक अवार्ड’ हुँदै

काभ्रे, बनेपा– ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’भन्ने मूल नाराको साथहुनगईरहेको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ माघ १२ गते सम्पन्न हुने भएको छ ।

शुरुमा प्रदेश नम्बर ३ को मात्र समावेश हुने भनिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ लाई अन्तिम अवस्थामा राष्ट्रिय स्थरमा नै अवार्ड आयोजना गरिएको हो ।

अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक र प्रमाणपत्र वितरण भईसकेको छ ।

राष्ट्रियस्तरका चर्चित कलाकारहरुको उपस्थिति रहने उक्त अवार्ड समारोहमा तामाङ्ग सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरु अवार्डेड हुँदैछन् । कुल ४४ विधामा हुने उक्त अवार्डमा प्रदेश र राष्ट्रिय स्तरका कलाकारको समायोजन समेत गरिनेछ ।
अवार्डमा चर्चित लोक गायक, काठ क्षेत्रका लोक दोहोरीका हस्ती शिव नारायण जोशी लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित हँुदै छन् ।

त्यसैगरी कलाकारिता क्षेत्रको हस्ती ‘मह’जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई नाट्यश्वर दीर्घ कलाकारिता सम्मानबाट सम्मनित गरिने भएको छ भने नाट्यश्वर दशक सम्मान बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मान रामचन्द्र कोईराला, उत्तम केसी, भूवनचन्द, चैत्यदेबी सिंह, जिवान पराजुली, गायिका रमिला न्यौपानेलाई प्रदान गरिदै छ । नाट्यश्वर बिषेश सम्मानबाट सरु थापा, नाट्यश्वर उत्कृष्ट संस्था सम्मानहारती ईङ्ग्लिस स्कुल, नाट्यश्वर प्रतिभा संम्मान रोमा न्यौपाने, नाट्यश्वर बिषेश सम्मान हरि कर्माचार्य, नाट्यश्वर समाजसेवा सम्मानबाट भोलाथापा सम्मानितहुने भएका छन् ।

नेपाली गीतसंगीत क्षेत्रलाई अगाडी बढाउन आफ्नो कलमको माध्यमबाट सहयोग पु¥याउने पत्रकार समेत साम्मनित हुँदै छन् । नाट्यश्वर मोफसल कला पत्रकारिता सम्मान उत्तरगया दैनिक र नुवाकोट जागरण साप्ताहिकको प्रकाशक तथा सम्पादक शिब देबकोटा, नाट्यश्वर कलापत्रकारिता पुरुषोत्तम बस्नेत, बलरामश्रेष्ठ, सुर्य चन्द, स्वस्तिकाचिलवाल, प्रकाशतिमल्सिना र काभ्रे जिल्लामा नै कार्यरत रहि कलापत्रकारितामा आफ्नो कलम चलाउने दूई जना पत्रकार समेत सम्मानित गरिने छ । जसको नामबिभिन्न संस्थाको समन्वयमा तय गरिनेछ ।