संघर्षमय जीवन

विस्वास र संघर्षले नै चलेको हुँदो रहेछ जीवन । जीवन एक्लै कटाउन पनि कठिन, साहराको पनि ठूलो भूमिका हुनै पर्ने रहेछ । तर, त्यहाँ त्यस्तो अवस्था जीवनमा पाउन सकिन र म आफैलाई आत्मग्लानी भईरहेको मेरो अनुभव जो साहराको कुरामा आजसम्म कुनै क्षणमा वा कुनै पल पनि कैले साथमा रहेर सेवा गर्ने वातावरण मिलेन । जुन उनीले जीवनमा पटक–पटक मृत्युसँग एक्लै लडेर आज यो अवस्थामा आफ्नो जीवन र व्यवसायलाई ल्याईपुर्याएको हुँदा सायद म एक कपटी आचरणका साहरा भएको महसुस आफैँलाई लागेको छ । विश्वास जहाँ त्यो दिन आफ्नो संस्कृतिअनुरुप विभिन्न देवी–देउराली, खोला–नाला भाकेर तीन पुस्ते दोहोरो नाम पुकारेर ‘बाक्दता’ बोल्नुभएको थियो । र, वुवा आमाले नै आफ्नो छोरीलाई अर्काको घर पठाउनलाई समर्पण आफ्नो कुलबाट नै छुटाई पराई घर जानलाई विभिन्न संस्कृतिअनुसार कन्यादान गर्नुभयो । त्यो आज २४ वर्ष पुरा हुन लागेको छ । जुन दिन उनी जन्मघर छोडेर पराई भई पराई घर टेकिन । त्यो बेला नै उनी विभिन्न कालखण्ड, वादविवाद इत्यादीमा मुछिन थालिन । कीनकी समाज आज पनि एक अपरिपक्व र अन्धकार झैँ रुमल्लिइरहेको छ । यस्तै वातवरणले गर्दा हो मेरा जीवनका तुषरापात, कुठाराघात सृजना हुने संसार विचित्रको छ ।

मेरो पनि मस्तिकले नसोचेको भए त्यो बेलामा म आफैँ यो स्थितिमा रहने थिइन होला । जो यो सवै कोरिरहँदा ठूलो भयानक स्थिति आउन सक्छ । त्यो कुरा उनीलाई प्रष्टै थाहा छ । आज पनि कोट्याईरहन्छिन् । आफैँ सान्त्वना लिन्छिन् । पटक–पटक मृत्युको मुखमा पुगेर फर्किन सफल उनी साँच्चै संघर्षशील र आँटीलि थिइन् । २०५२ मा अलि ठूलै संघर्ष गर्नुपर्यो छोरो जन्माउँदा । त्यो समयमा पनि मैले एक पटक पनि सोधिन कस्तो हुँदैछ भनेर । तातो चीसो के कसो भनेर, पानी दिने कुरै त छोडौँ म कस्तो रहेछु ?

त्यसै बेलाको अगाडी–पछाडी नै थ्यो । हामी पनि घर–परिवारबाट अलग हुनै पर्ने स्थिति मानव जीवनमा आइलाग्ने समस्याहरु यस्तै रहेछ । छोरो जन्मेको ३५/४० दिन पछि हामी अलग वस्न थाल्यौँ । तर, मेरो मानसपटलले मेरो छोरो र श्रीमति भनेर एकदमै थोरै मात्र सम्झन थालेको रहेछ । कीनकी मेरो छोरो र श्रीमतिमाथि विस्तारै ऋणको भारी थपिँदै रहेछ । मैले जोड्ने वा एकमाथि दुई बनाउने सपना नै बुन्न जानिँन । त्यो भएको भए म किन त्यो बोटबिरुवा र बारिमा फल्ने चीज मेरो छोरो र श्रीमतिको हातमा राख्न सकिनँ ? मेरो सोँचाई साँच्चै नकरात्मक नै भईसकेको थियो ? होइन मेरा आमा, वा भाईवहिनी थियो । तर, त्यो गुण वा त्यो चीजहरु सापटी पनि पाउन सकिन । गुमेर नै गए । २०५७ मा अर्को छोरो जन्मियो राँके बजारमा नै तर यो सयम देखि नै त्यो हाम्रो जीवनमा खुसीसाथ रमाएर बस्न कठिनाई जुनदिन घरबाट नै संघर्षको सृजना उत्पन्न भयो । राति छोरो जन्मियो । एक्लै जन्माउन सफल भइन् । सिमेन्टको ढलाईमा लड्यो छोरो । मेरो बुद्धीसम्म रहेन छ त्यो बेला सवै उसैले बताउँदै गई । म गर्दै गएँ । भरै पल्लो घरको दीदिलाई बोलाई छोरोलाई अलग पारियो राती । भोलिपल्ट घरबाट आउनुभयो र भन्नुभयो इज्जत गयो । नाक ठाडो रहेन भन्दै आक्रोस उत्पन्न भयो । त्यो सहन नसकी उनी उठेर तल गाउँको घर हिँडिन् । हिँड्न नसकेर साईँलो देवरले बोकेर लगेको थियो । म फेरि बेँसीमा धानको टन्टा सक्न भनेर बेँसीमा थिएँ । यता घरमा मेरी उनी अचानक बिरामी भईछिन् ।

घरमा धामी–झँक्रि भन्दै लगाउँदै गरेको बेला जव ठूलो खैलाबैला हुँदा गाउँका दाई याम बहादुर धमलालाई धन्यवाद टक्र्याउँछु । उहाँले नै अस्पताल लानुपर्छ भनी बोकेर राँके बजार ल्याई इलाम लगेछन् । म भने यस्तो अवस्थालाई छोडेर एकतप्पा बेँसीमा रहने कतिको सुहाँउदो रहेछु ? सुत्केरी अवस्थामा ओरालो हिँडाई अनि बिरामी कसरी मनमा शान्ति पाउँछिन् यीनिले । डाक्टरले इलाममा पाठेघरमा रगत जमेको छ यो दबाई खाए निको हुन्छ भनी उपाचार गर्यो । निको भयो ।

घर ल्याइयो केही समयसम्म ठीकै भयो । फरि मासिक ओभर ब्लिडिङ हुँदै गायो । साधारण चेकअप गराउँने गरियो । २०६० तिर म पनि घरको स्थितिले गर्दा विदेशिने योजना बनाएँ । र, २०६१ मा विदेश जानलाई जेठ महिनामा घर छोडेर नयाँ ऋण बोेकेर विदेश हिँडे । तर, म साथमा हुँदा त केही राहत हुन्थ्यो होला विरामी हुँदा । तर, त्यो भएन । ६ महिनाको अन्तरालमा मान्छेले बाँच्ने सपना पनि देख्न छोडेछ । अन्तिम अवस्थामा पुगेर बुबा (मेरो ससुरा) ले लिएर विराटनगर जानुभएछ । अवस्थालाई हेरेर २४ घण्टा भित्र नै पाठेघरको अपरेशन गर्नुपर्ने भयो । तत्कालै अपरेशन भयो । एक महिना विराटनगरमा रहँदाको सम्झना उसैलाई मात्र छ । त्यो अवस्थामा को–को, आए–आएनन् त्यो सबै उनैको मानसपटलमा छ । अवस्था हेरेर आज म सँग दुःख पोख्न सिवायः अरु केही उपाय पनि छैन । स्पष्टसँग मुल्यांकन गर्न सकिन्छ की, त्यो बेलामा मलामी पनि जान नपरोस् भन्ने खालका थिए होला । फेरि आज त्यो विपरीत भईदिएकोे हुँदा डाहाको ओइरो डंगुर लागेको छ । क्रमश…                                                                                                                                          मन बहादुर श्रेष्ठ