बिरालो मार्ने चालकलाई जेल सजायको फैसला

क्वालालमपुर– मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ ।

गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीले जनाएका छन् ।

जनबर अधिकारवादी कानून व्यवसायी ए मोहनराजले अनावश्यक रुपमा चालकले बिरालोलाई मारेको अभियोग लगाउँदै कारवाहीको माग गरेका थिए ।

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ । बिरालोको हत्या सम्बन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए ।

एकजना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । दोषी ठहर गरिएको ४२ वर्षीय मोहनराजले आफूले जानीजानी बिरालोको हत्या नगरेको दाबी गर्दै आएका छन् । तर उनको आग्रह र दाबीलाई अस्वीकार गर्दै अदालतले बिहीबार दुई वर्षे जेल सजाय सुनाएको छ ।

यस्तो आरोप लागेका अभियुक्तलाई बढीमा तीन वर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भए पनि न्यायधीशहरूले दुई वर्ष तोकेका हुन् ।

अदालतको आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, “मलाई पश्चाताप महशुस भएको छ, सबै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु की आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।” एजेन्सी