एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शानदार जित

काठमाडौं– सोमपाल कामी र सन्दीप लामिछाने चम्किदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृंखलाको दोस्रो खेलमा नेपालले शानदार विजय हासिल गरेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स युएई १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रन समेटिएको छ । (यूएई) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४५ रनको विजय हासिल गरेको छ ।

नेपालका सोमपाल कामीले ५ विकेट लिए भने सन्दीपले चार र करन केसीले एक विकेट लिए । पहिलो व्याटिङ रोजेको नेपालले जितका लागि युुएईलाई २ सय ४३ रनको चुनौती दिएको थियो । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन जोडेको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ५८ बलमा ५० रन बनाए । उनले ६ चौका प्रहार गरे । सबैभन्दा कम उमेरमा एक दिवसीय अर्धशतक बनाउने पहिलो खेलाडी रोहित बनेका छन् ।

उनले आरिफ शेखसँग दरिलो साझेदारी गरेका थिए । उनीहरुको ८२ रनको साझेदारी रह्यो । यस्तै ज्ञानेन्द्र मल्लले ४४ रन बनाए भने आरिफ शेखले २९ रन जोडे । कप्तान पारस खड्काले २१, करण केसीले १८ रन लिए । यस्तै, सोमपाल २ रनमै आउट भए । हिजोको खेलमा नेपाल यूएईसँग ३ विकेटले पराजित भएको थियो ।