नारी दिवसकै दिन दुई बालिका बलात्कृत

बुटवल– अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा दाङमा भने आजै एक बालिकासहित दुई महिला बलात्कारको शिकार भएका छन् ।

१४ वर्षीया बालिकासहित अर्की महिला बलात्कृत भएपछि अहिले साँझ प्रहरी घटना स्थलमा पठाईएको दाङ्गका प्रहरी प्रमुख एसपी वेल पाण्डेले जानकारी दिए । बलात्कृत हुनेमा घोराही उपमहानगरापलिका १० बस्ने १० वर्षीया सुना ९नाम परवर्तन० रहेकी छन् । उनलाई १३ वर्षीय रतन ९ नाम परिवर्तन०ले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै घोराही उपमहानगर १४ बस्ने १४ वर्षीया चुनु (नाम परिवर्तन) लाई रोल्पा रुम्टागढी गाउँपालिका १ का युवराज रानाले बलात्कार गरेको प्रहरीको दाबी छ । उनी रोल्पादेखि मजदुरी गर्न त्यहाँ आइपुगेका थिए ।