अष्ट्रेलियाका हजारौँ विद्यार्थीद्वारा विद्यालय बाहिर प्रदर्शन

क्यानबेरा, अष्ट्रेलिया– अष्ट्रेलियाका हजारौँ विद्यार्थीले शुक्रबार विद्यालय बाहिर प्रदर्शन गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी समस्या न्यूनीकरणका लागि तत्काल केही काम गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेको जनाइएको छ ।

देशभरी झण्डै ५० ठाउँमा विद्यार्थीहरुले बृहत् ¥याली निकालेर वातावरण संरक्षणको पक्षमा प्रदर्शन गरेको अधिकारीहरुले जनाएका छन् ।

जलवायु प्रदूषणको विषयमा ध्यानाकर्षण गराउँदै विद्यार्थीहरुले प्रदर्शन गरेको सन् २०१८ नोभेम्बर पछिको यो दोस्रो पटक भएको अष्ट्रेलियन ब्रोडकास्टीङ कर्पोरेशन (एबीसी)ले जनाएको छ ।

अष्टे«लियाका शिक्षामन्त्री डान तेहानले एबीसीसँग भने, “बढ्दो समस्याका बारेमा विद्यार्थीहरुले पढाइ नै छाडेर प्रदर्शन गरेका छन् ।”

उनीहरुको प्रदर्शन वातावरणसम्बन्धी भएको बताउँदै उनले यस्ता काममा विद्यालयका बालबालिका प्रयोग हुनु दुःखद भएको टिप्पणी गरे ।

प्रदर्शनकारी विद्यार्थीहरूले स्थानीय कोइलाखानीबाट वातावरणमा असर पारेको बारेमा विषेश ध्यानाकर्षण गराएका थिए । सिन्ह्वा