प्रदेश १ को राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले भने, “यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र नामकरण टुङ्गो लाग्नेछ ।”

मुख्यमन्त्री राईले पत्रकारको दक्षता अभिवृद्धिका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने बताउँदै सञ्चार क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार संवेदनशील रहको छ भने ।