बिहान चार बजे बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प

बाजुरा– बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथीवी केन्द्रबिन्दु बनाएर आज बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए ।