प्रदेश १ को १४ जिल्लामा नेकपाका को–को बने जिल्ला अध्यक्ष ?

झापा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेशका ७७ वटै जिल्ला कमिटीहरुको एकीकरण टुंगो लगाएको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको बैठकले प्रदेश १ का १४ वटै जिल्लामा एकीकरण टुंगो लगाएको छ भने १४ वटै जिल्लाका जिल्ला अध्यक्षहरु पनि टुंग्याएको छ ।

तात्कालिन नेकपा एमालेबाट झापा, इलाम, पाँचथर, मोरङ, धनकुटा, तेह्रथुम, संखुवासभा, र भोजपुर जिल्लाका अध्यक्षहरुलाई चयन गरिएको छ भने सुनसरी, खोटाङ, उदयपुर, ताप्लेजुङ र ओखलढुंगाका अध्यक्षहरु भने तात्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट बनाइएको प्रदेश १ का एक प्रदेश कमिटी सदस्यले जानकारी दिएका छन् ।

झापाबाट चिन्तक पाठक, इलामबाट राम राना, पाँचथरबाट राजकुमार भण्डारी र ताप्लेजुङबाट भने विजय बनेमलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको छ ।