लोकसभा निर्वाचन अपडेट : भाजपालाई अत्याधिक बहुमत सुनिश्चित, मतगणना जारी

नयाँदिल्ली– भारतीय लोक सभाको निर्वाचनको बिहीबार ९ः०० बजे सम्मको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत आउने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा ८२ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले २४ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य २१४ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको २८ स्थानमा अग्रता रहेको छ ।

इन्डिया त्रिनामुल कङ्ग्रेसले तीन स्थानमा विजयी बनेको छ भने १९ स्थानमा अग्रता कायम गरेको छ । एजेएसयू पार्टीले एक स्थानमा अग्रता लिएको छ । त्यस्तै अल इन्डिया अन्ना द्रविडा मुन्नेत्र खाजागमले दुई स्थान र आम आदमी पार्टीले एक स्थानमा अग्रता लिएको छ ।

यर्सगरी भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले तीन स्थानमा अग्रता लिएको छ भने हिन्दूवादी शिवसेना ले छ स्थानमा विजय हाँसिल गरेको छ भने १२ स्थानमा अग्रता देखिएको छ । लोकजन शक्ति पार्टीले दुई स्थानमा विजय हाँसिल गरेको भने बाँकी चार स्थानमा अग्रता लिएको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४२ स्थानका लागि चुनाव भएको थियो ।

लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । अप्रिल ११ मा शुरू भएको निर्वाचन विभिन्न सात चरणमा गरी मे १९ मा सम्पन्न भएको थियो । चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ ।

निर्वाचन परिणाम कङ्ग्रेसका लागि अनपेक्षित रहेको भए पनि कङ्ग्रेसका शुभचिन्तकलाई नआत्तिन राहुल गान्धीले एक पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् । उनले अघिल्लो निर्वाचन (सन् २०१४) मा करीब एक लाख मतका साथ विजय हासिल गरेको अमेठी निर्वाचन क्षेत्रमा आफ्नो हार स्वीकार गरेका छन् । यद्यपि मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन । उक्त क्षेत्रमा प्रतिस्पर्धामा रहेकी बिजेपी नेता स्मृति इरानीलाई मतगणनाको अन्तिम परिणाम आउनुपूर्व नै गान्धीले बधाई दिएका छन् ।

त्यसैगरी गान्धीले निर्वाचनमा कङ्ग्रेसको अपेक्षाकृत नतिजा नआएको भन्दै हारको जिम्मा पार्टीको अध्यक्षका हैसियतले आफूले लिने बताएका छन् ।

भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थानजस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । भाजपाको पश्चिम बङ्गालमा व्यापक सुधार देखिएको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि चुनाव भएको थियो । दुई स्थान राष्ट्रपतिले चयन गर्ने भारतीय संवैधानिक प्रावधान छ ।