काठमाडौं (पास)– मानिसको जीवनमा अनेकौँ बाधाहरु आउने गर्छ । त्यहि बाधाहरुको बीचबाट मानिसको टर्निङ्ग प्वान्टको सुरुवात हुन्छ । हामीले जीवनलाई परिस्थिति अनुरुप फरक फरक तरिकाले परिभाषित गर्छौैँ । त्यस्तै यहाँ जीवनसंग सम्बन्धित प्रसिद्ध १०० भनाइहरु समावेश गरिएको छ । यसबाट तपाईँको जीवन जीउने तरिकामा परिवर्तन ल्याउनसक्छ र उत्प्रेरणा मिल्नेछ ।
१. ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।
२ं मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु । ‘उसलाई साथी बनाएर ।
३ं शहर र गाउँमा दुई फरक छन् । शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन् । शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन् ।
४ं मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकी तिमी एक्लै पनि अगाडि बढ्न सक्छौ ।
५. दुनियामा एउटा पनि समस्या नभएको मान्छे को होला ? (एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
६. क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई एउटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि एउटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।
७. कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै सामान्य हो तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन, यो एउटा कला हो ।
८. मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि ‘समून्द्र कहाँ पर्छ ?’
९. नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन । मृत्यु त तब हुन्छ जब पौडिन आउदैन । परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या तब बन्छ, जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन ।
१०. परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि ‘जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।’
११. यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन, किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ।
१२. जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागि उषाका किरणसँगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच आँशुका थोपा वग्नुपर्छ ।
१३. लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ ।
१४. तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल सग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् ।
१५. हजारौँ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
१६. देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन् ।
१७. जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।
१८. मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।
१९. कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँ हुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो ।
२०. मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।
२१. असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
२२. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
२३. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
२४. हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।
२५. सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
२६. सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।
२७. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
२८. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।
२९. एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।
३०. जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निक्लिन्छन्। अनि जुन समस्याको समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार निक्लिन्छन् ।
३१. चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा ।
३२. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
३३. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।
३४. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
३५. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
३६. हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।
३७. हर कोहिले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ ।
३८. ‘खिचडी’ एउटा यस्तो डीस हो, जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ ।
३९. केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ।
४०. सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।
४१. तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।
४२. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
४३. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ । ४४. साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।
४५. असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।
४६. सफलता त्यो जमिनमुनीको पानी हो जुन सय ठाँउमा एक मिटर खन्नाले मिल्दैन बल्की एक ठाँउमा सय मिटर खन्नाले मिल्दछ ।
४७. विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर ।
४८. कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।
४९. रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।
५०. हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।
५१. मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्नु हो ।
५२. हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिनदा त्यसको मुल्य बढाईदिन्छ।
५३. यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।
५४. तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए । तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् । तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो । तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन (स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए । तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए । तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए । तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो ।
तपाईँ किन सक्नुहुन्न ?
– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
– सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
– अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
– कुनैबेला तुना–चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने
सफलताका दश शुत्रहरु
– आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।
– डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।
– धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।
– धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।
– सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।
– सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।
– आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।
– लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।
– मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।
– सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।
मन परे शेयर गर्न नभुल्नुहोला । विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको।