काठमाडौंको विभिन्न ठाउँहरुमा बम विस्फोट, मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौँ– काठमाडौको विभिन्न स्थानमा भएको बम विस्फोटमा मर्नेको संख्या ४ पुगेको छ ।

सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका थप दुई जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने अनामनगरमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो ।

प्रहरी स्रोतका अनुसार घाइते मध्ये एकले आफूहरुले टाइम बम तयार गर्ने क्रममा सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् ।

त्यस्तै सातदोबाटो, ग्वार्को, चन्द्रागीरि,थानकोटलगायतका स्थानहरुमा विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ भने कोटेश्वरबाट केही विप्लवका पार्टीनिकट व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि जानकारी दिएको छ ।