सगरमाथा आरोही स्पेनी नागरिकले सगरमाथाको बारेमा यसरी चिन्ता गरे

काठमाडौं– यो वर्षको केहि महिना अगाडि नेपालको सगरमाथा भएको ट्राफिक जामको विषयमा विश्वभरी समाचारहरु बनिरहेको बेलामा स्पेनका एक जना पर्बतारोही खुवानितो ओइयर्साबाल जो यस दुनियाँ भरिमा १४ वटा ८००० मिटर भन्दा अग्ला पहाडहरु चढ्नेहरु मध्य छैटौं नम्बरका मानिन्छन् । उनी पर्वतारोहिको इतिहासमा बिना अक्सिजन विश्वको सर्वोच्च शिखरमा पुग्ने चौथो ब्यक्ति अनि दुई पटक सम्म सगरमाथा को सफल आरोहण गरेका ब्यक्ति हुन् ।

उनीसँग स्पेनको एक ईलेस्पनोल डट कम पत्रिकाले अन्तरवार्ता लिएको छ । सो अन्तरवार्तामा तपाईं त सगरमाथालाइ निकै माया गर्ने मान्छे अहिले को जुन हालत देख्दा कस्तो लाग्छ भनेर सोधिएको प्रश्नको उत्तरमा उनी भन्छन, “अहिले म सगरमाथालाई माया गर्ने व्याक्ति नभएर त्यसको आलोचक हु । सगरमाथा आरोहण गर्नु भनेको त अहिले एक फेसन जस्तै भयो । म त्यो फेसन शो गर्ने मध्यको होइन । मलाइ अहिले जे भैरहेको छ र जे देखिरहेको छु । त्यो देख्दा माया लागेर आउँछ सगरमाथाको व्यापार भइरहेको छ । अनि मलाइ अझ धेरै दुख त्यतिखेर लाग्छ, जब मलाइ बाटामा मान्छेले रोकेर अब त सगरमाथा जो पनि चढ्छ अनि त्यसको महत्व नै घटेर जान्छ ।” “अहिलेको नयाँ प्रविधिले जुन सुविधा दिएको छ, त्यसले गर्दा खासै ज्ञान नभएकाहरु पनि जाने र उनीहरुले प्रयोग गर्ने साधन्हरुले गर्दा वातावरण नै दुषित बनिरहेको छ ,” उनको दुखेसो थियो ।

‘नेपालको सरकार लाई सगरमाथामा मान्छे मर्नुसँग मतलब छैन । उनीहरुलाइ पैसाको मात्रै मतलब छ ।’

यो सबै हुनुमा तपाईं कसलाइ दोषि मान्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको उत्तरमा खुवानितो भन्छन,“यसमा सबैभन्दा ठूलो दोषि भनेको नेपालको सरकार हो । पैसा जम्मा गर्ने चक्करमा कुनै नियम छैन कुनै तरिका छैन । हुनत यस्तो नहोस । तर, कुनै दिन यस्तो पनि हुन सक्छ कि सगरमाथा चढ्न निकै अनुकुल मौसम हुदाहुदै पनि त्याहाँ गएका पर्वतारोहिहरु सबैको मृत्यु हुन सक्छ । नेपालको सरकारलाइ केबल करोड करोड यूरो कुम्लाउनतर्फ मात्रै मतलब छ । अरु सबै केही मतलब छैन । चाहे जतिसुकै मान्छे नै किन नमरुन ।” “नेपाल विश्वको सबै भन्दा भ्रष्टाचारको देश मध्येको एक हो । मलाइ जान्न मन लाग्छ कि कहाँ जान्छ ती सबै पैसा, जुन विदेशीबाट उठाइएको छ । म चाहन्छु सबै शिखरमा जान पाउनु पर्छ । तर ठूलो संख्याका मानिसहरु गएर त्यो पहाडमा ट्राफिक जाम गरेर मान्छेको ज्यान नै जानेगरी पर्खिनु पर्ने बाध्यता पनि नपरोस ।” “यसले त सगरमाथा को महत्व पनि घट्दै गैरहेको छ । सगरमाथा चढ्नु एउटा आरोहण को खेल नभएर देखाउने फेशन मात्रै हुनेछ । यदि यस्तै चलिरहने हो भने मान्छेहरु बिचमा नै अड्केर मरि नै रहनेछन,” उनको कटाक्ष थियो । “जाने व्याक्तिको पुरानो क्षमता ,योग्यता हेरेर मात्र जाने अनुमती दिइनु पर्छ ।

सगरमाथालाई यसरी व्यवसाय को हिसाबले हेर्नू भन्दा केही सम्मानजनक हिसाबले हेरिनु पर्छ,” उनले भने । के परिवर्तन भएको देख्नुहुन्छ त तपाइको पालामा र अहिले भनि सोधिएको पश्नको उत्तरमा उनी भन्छन, “अहिले धेरै परिवर्तन भैसकेको छ । मान्छेहरुले चढ्दाखेरी प्रयोग गर्ने सामग्रीहरु उनीहरुको सोचाइ चढ्ने तरिका इत्यादी । जब म पहिलो पटक ८००० मिटर को आरोहण गरेको थिए, मेरो दिमागमा लागेको पनि थिएन कि कृतिम अक्सिजन पनि प्रयोग गर्न सकिन्छ । तर अहिले त्यस्तो छैन धेरै फरक छ ।