चिया नबिकेपछि सडकमै पोखे किसानले हरियोपत्ती

पशुपतिनगर, (इलाम)- उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन् ।

किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका छन् । यसअघि किसान र उद्योगीले सहमतिमा चिया खरीद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रतिकिलो ग्राम रु ४० कायम गरेको थियो । उद्योगीले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए ।

८ गते पत्र बुझेपनि नगरपालिकाले समस्या समाधानमा खासै ध्यान नदिएको एसोसिएसनका सचिब गोपाल कटेलले बताए । असार १४ गते नगरपालिकामा किसानका प्रतिनिधीहरु तारा नेपाल, डम्बर बहादुर कटुवाल,सुरेन्द्र मोत्तान, सोनाम यल्मो सोनाम काजी लगायत,उद्योगीहरु र नगरपालिकामा बृहत छलफलबाट कार्यबिधी अनुसार ४० प्रतिशत मुना भएको चिया खरिद गर्ने सो नभएमा उधोगले फिर्ता गर्ने र एउटा उधोगले फिर्ता गरेको चिया अर्को उधोगले खरिद नगर्ने निर्णय भएको नगरपालिकाका आर्थिक बिकास समितिका संयोजक देबेन्द्र शमाृले बताए । उधोग सञ्चालनमा आएको पहिलो दिन कार्यबिधी अनुसार गुणस्तर नभएको भन्दै उधोगले चिया खरिद नगरेपछि किसानले नयाँचोक फिक्कल बजार बरबोटे ,नगरपालिका अगाडी हरियो चियापत्ती पोखेका छन । कन्यामका कृषक तथा ब्यापारी नबिन कटुवालले ५ सय केजी लगेका थिए ।

उद्योगीको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एशोसिएशनमा आबद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भए पछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य सङ्घका प्रतिनिधिबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो । समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो । उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फकाएपछि किसानले अर्को आन्दोलन थालेका हुन् ।