ओली–प्रचण्ड वार्ता :३२ वटा विभागमा भागवण्डा मिल्यो

काठमाडौं– नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको भागबण्डा गर्ने क्रममा ३२ विभागलाई टुंग्याईएको छ ।

असार मसान्तभित्र पार्टी एकतालाई पूर्णता दिने सार्वजनिक घोषणालाई पुरा गर्न दुई अध्यक्ष केही दिनदेखि लगातार छलफलमा थिए । मंगलबार भएको छलफलमा विभागहरुको भागवण्डा टुंगो लगाएको हो ।

पार्टीको ३२ मध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादीको भागमा परेको छ । एक नेता भने, ‘व्यक्ति भने टुंगिएको छैन । ५ साउनमा टुंगो लगाउने सहमति भएको छ ।’