क्यानडाको विमान दुर्घटना तीनको मृत्यु चार वेपत्ता

ओटावा– क्यानाडाको पूर्वीभागमा भएको एक विमान दुर्घटनामा तीन व्यक्तिको मृत्यु हुनुको साथै चार वेपत्ता भएका सिटिभीले मङ्गलबार जनाइएको छ ।

क्यानाडाको क्युबेक प्रान्तमा सोमबार सो जहाज दुर्घटना भएको थियो । सो विमानका चालकसहित सात जना यात्रु रहेका बताइएको छ ।

विमान क्यानाडाको क्युबेक प्रान्तको मिस्टासिन तालको नजिक दुर्घटनाग्रस्त भएको हवाई अधिकारीहरुले जनाएका छन् । एजेन्सी