चन्द समूहका नेता पक्राउ

काठमाडौँ– काठमाडौँको पुतलीसडकबाट नेत्रविक्रम चन्द समूहको नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियालाई आज प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आफ्नै कोठाबाट आज अपराह्न पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

चन्द समूहलाई विध्वंशकारी क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारले गत फागुनदेखि उसका गतिविधिमा रोक लगाएको थियो । पछिल्लो समयमा चन्द समूहका उच्च नेतासहित झण्डै ६०० लाई प्रहरीले पक्राउ गरिसकेको छ भने कतिपय नेताहरुले समूह परित्यागको घोषणा गरेका छन् ।

यसैबीच प्रगतिशील लेखक सङ्घले आज एक विज्ञप्ति जारी गरी पक्राउ गरेको घटनाको भत्र्सना गरेको छ । जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यामबाट राजनीतिकरूपमा समस्याको समाधान गर्नसमेत माग गरिएको छ ।