तीजको अवसरमा निःशुल्क पानि र जुस वितरणसहित नाचगान

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमासहित देशका विभिन्न शिव मन्दिरहरुमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेका छन् ।

भक्तजनहरुका लागि विभिन्न ब्यक्ति, संघ–संस्थाले सयोग गरिरहेका छन् । कसैले पानी, कसैले जुस, कसैले फफूल, कसैले स्वयंसेवकका रुपमा पनि सहयोग गरिरहेका छन् ।

त्यसै क्रममा साकुरा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ प्रालि र काठमाडौं महानगरपालिका वडा ७ चाबहिलको संयुक्त आयोजनामा एक कार्यक्रम संचालन गरेको थियो ।

कार्यक्रममा निःशुल्क पानि, जुस वितरण गरिएको छ । साथै नाचगान पनि गएिको छ । कार्यक्रम निमै रोमान्चक बनेको छ । सम्पुर्ण उपस्थित ब्यक्तिहरुले आ–आफ्नो प्रस्तुती देखाएका छन् ।