रवि र युवराज चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले पत्रकार शालिकराम पुडासैनी मृ त्यु प्रकरणमा चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका छन् ।

लामिछानेसँगै शालिकराम मृ त्यु प्रकरणमा मुछिएका अर्का अ भियुक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले पनि चितवन अदालतको आ देशविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलाशमा पुनरावलोकन रि ट दायर गरेका हुन् ।

उच्च अदालत पाटको हेटौंडा इजलाशका प्रवक्ता अमृत घिमिरेले रवि र कँडेलका तर्फबाट चितवन जिल्ला अदालतको थुनछेक आ देशविरुद्ध पुनरावलोकन रिट निवेदन दर्ता भएको बताए ।

‘उहाँहरु (रवि र युवराज)ले पुनरावलोकन रि ट निवेदन दिनुभएको छ,’ घिमिरेले भने, ‘रि ट दर्ता भइसकेको छ ।’

पत्रकार शालिकराम पुडासैनी मृ त्यु प्र करणका अभियुक्त लामिछाने र कँडेलबाट जनही ५ तथा ३ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै चितवन जिल्ला अदालतले भदौ ९ गते थुनछेक आ देश जारी गरेको थियो ।

तर, लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उक्त आदेश खारेज गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गराइ पाउँ भन्दै उच्च अ दालत पाटनको हेटौंडा इजलाशमा पुनरावलोकन रि ट दायर गरेका हुन् ।