ट्याक्टर दुर्घटनामा परी एकको निधन, दुई घाइते

रामेछाप । मन्थली नगरपालिका २ बान्द्रेस्थित सडकमा ना.६ त ६३०१ नम्बरको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर मंगलबार बिहान दुर्घ टना हुँदा ट्याक्टरमा सवार मन्थली नगरपालिका १ सानिमदौ बस्ने ४० वर्षीय धुर्व रोक्काको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा निधन भएको छ ।

दुर्घ टनामा घाइते भएका ट्याक्टर चालक मन्थली नगरपालिका ७ भटौली बस्ने २२ वर्षीय रोशन परीयार र ट्याक्टरमा सवार दोरम्बा गाउँपालिका ५ खरीढुङ्गा बस्ने १७ वर्षीय दिनेश नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घ टनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।