बालक अप’हरण गरी ह’त्या गर्ने अभियुक्त सर्वोच्चको आदेशमा रिहा

१२ वर्षीय युवराजकुमार शाह सुतिरहेको अवस्थामा हति’यारधारी समूह आएर घर घेरा हाली उठाएर लान्छन् । २६ जेष्ठ २०७५ मा रौतहटको कटहरिया ९ स्थित घरबाट अप’हरण गरी लगेर भोलिपल्ट बाबु दिलीपकुमार शाहको मोबाइलमा फोन गरी एक करोड रुपैयाँ फिरोती माग्छन् । रकम नदिए बालकको ज्यान लिने धम्की दिन्छन् ।

२७ जेष्ठमा बालक युवराजको हत्या हुन्छ । युवराजका बाबु दिलिपले प्रहरीलाई उजूरी गरेको भोलिपल्ट ह त्या हुन्छ । बालकमाथि लाठी र ढुंगा प्र हार हुन्छ र अपहरणकारीमध्येका एकले गो ली प्रहार गर्छन् ।

पोष्टमार्टम रिपोर्टले मस्तिष्कमा गो ली वारपार भएको देखाउँछ । निमर्मतापूर्वक ह त्या भएको घटनामा एकजना प्रहरी पनि छानविनमा पर्छन् । दुई छोरी र एकमात्र छोराका बाबु दिलिप कानुनी उपचारका लागि प्रहरी हुँदै अदालतसम्म धाउँछन् । प्रहरीले किटानी जाहेरी गरिएकामध्येमाथि नै मुद्दा दा यर गर्छ ।

जिल्ला अदालत रौतहटले अभियुक्तहरुलाइै दोषी ठहर गर्छ । अदालतले दोषी ठहर गरेकामा रावबालक राय यादव समेत १७ जना हुन्छन् । घटनाका प्रत्यक्षदर्शी र प्रहरी अनुसन्धानका आधारमा शक्तिकुमार यादव, प्रविनकुमार यादव, रामाज्ञाप्रसाद यादव, कृष्णऔतार राय यादव, रितेश यादव, फिरोधन राय यादव, लालबाबु राय यादव, रामइश्वर राय यादव, होषनारायण यादवसमेत संलग्नता भेटिन्छ ।

होषनारायण जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत हुन्छन् । घटनापछि प्रहरीले अनुसन्धान गरी दोषीहरुसँगको बयान, कलडिटेल र विभिन्न प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गर्छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अभियुक्तहरुमध्येलाई दोषी ठहर गर्दै फरारहरुलाई वारेन्टसहित म्यादीपूर्जी जारी गर्न आदेश दिन्छ । अभियुक्तहरुमध्ये केही उच्च अदालतमा पुग्छन् । उच्च अदालतले केहीलाई दोषी ठहर गर्दै केहीलाई निर्दोष ठहर गर्छ ।

सर्वोच्च अदालतले घटनाका अभियुक्त मध्येका रामबालक राय यादव र कृष्णकुमार यादवलाई रिहाई गर्ने आदेश दिएको छ । १२ भदौमा न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले यादवलाई र्पुपक्षका लागि थुनामा राख्न नपर्ने फैसला गरेपछि परिवार पीडामा परेको छ ।

मृ तक बालकका बाबु दिलिपकुमार शाहले छोराको ह त्या गर्नेहरु आफ्नो वरिपरि निर्भिकताका साथ हिंड्न थालेपछि पीडा भएको बताए । १२ वर्षको छोराको विभत्स हत्या भएको पीडाबाट मुक्त हुन नसकिरहँदा अर्को पीडा थपिएको बताए ।

दिलिपसँग रकम हात पार्ने उद्देश्यले ठूलो समूह लागेर हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । बयानहरुमा पनि अभियुक्तहरुले हत्यामा संलग्न रहेको स्वीकारेका छन् ।

तर, कानुनी उपचारका क्रममा १७ जना अभियुक्तले धेरैभन्दा धेरैलाई बचाउने अभिप्रायले बयान फेर्ने गरेबाट ह त्यामा संलग्नहरुले उन्मुक्ति पाउने अवस्था बन्दै गएको देखिन्छ ।