दुई प्रेमिकासँग एउटै मण्डपमा विवाह

एजेन्सी । इन्डानेसियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि चर्चाको विषय बनेको छ ।

मुस्लिम बाहुल्य भएको देश इन्डोनेसियामा बहुविवाह सामान्य हो । कुरानका अनुसार एक मुस्लिम व्यक्तिले आफूसँग चार श्रीमती राख्न सक्छन् ।

इन्डोनेसियाली कानुनअनुसार यदि जेठी श्रीमतीले यसको मञ्जुरी दिए पुरुषले एकभन्दा बढीसँग विवाह गर्न सक्छन् ।

यही कानुनको आधारमा यी व्यक्तिले आफ्ना दुई प्रेमिकालाई एकसाथ विवाह गरेका हुन् ।

भाइस इन्डोनेसियाले स्थानीय मिडियलाई उद्धृत गर्दै लेखेको छ, ‘म यी दुवैको मन दुखेको हेर्न सक्दिनँ, त्यसकारण यी दुवैलाई विवाह गर्ने निर्णय गरेँ ।’

उक्त भिडियो अगस्ट १७ मा पोस्ट गरिएको थियो । फोटो र भिडियोमा देखिएअनुसार दुलहाबीचमा बसेका छन् भने छेउछेउमा दुई दुलही छन् ।
इन्डोनेसियाको संस्कारअनुसार नयाँ दुलहाले आफ्ना दुई श्रीमतीलाई ०.७० डलर (लगभग ८० रुपैयाँ) दाइजो पनि दिए ।

आफ्नो दायाँ बसेकी श्रीमतीलाई उक्त रकम दिएर दुई जनालाई बाँड्न भने । फोटो र भिडियोमा गम्भीरदेखि रोचक र हास्यास्पद प्रतिक्रिया आएका छन् ।