प्रेम प्रस्ताव अस्वीकार गर्दा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार, उपचारका लागि काठमाडौं ल्याइँदै

पर्सा । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै शुक्रबार बिहान छात्रामाथि एसिड प्रहार भएको छ। पर्साको वीरगञ्ज नगरपालिका –६ गणेशमान चौकमा शुक्रबार बिहान बिद्यालय जाँदै गर्दा ६ बजेर १० मिनेटमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो।

पर्सा वीरगञ्ज महानगरपालिका(२ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले खातुनमाथि एसिड प्रहार गरेको एसपी सोमेन्द्र सिंहले बताए। उनका अनुसार एसिडले उनको दाहिने गाला, छाती र हात जलेको छ।

मुस्कानको नारायणी अस्पताल वीगन्जमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको हो। उनलाई कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचारका लागि रिफर गरिएको उनका बुवा नसरुल मियाँले बताए। उनी वीरगञ्जमा आफ्नो मामाघरमा बस्दै आएकी थिइन् ।

प्रहरीले एसिड प्रहारमा संलग्न मुख्य व्यक्ति सम्साद मियालाई पक्राउ गरेरको छ भने माजिद आलम भने फरार रहेका छन्।