एमबीबीएस प्रवेश परीक्षा रोक्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अन्तरकालिन आदेश जारी गर्दै त्रिभुवन विश्वविद्यालय अन्तरगतको एमबीबीएस प्रवेश परीक्षा रोक्न आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शुक्रवार दुवै पक्षसँग छलफल गर्नुपर्ने भएकाले तत्कालका लागि एमबीबीएस परीक्षा रोक्न आदेश दिएको सर्वोच्च अदालत स्रोतले नजाएको छ ।

शनिबार त्रिभुवन विश्वविद्यालय अन्रतगतको एमबीबीएस प्रवेश परीक्षाको तयारी थियो । विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
सर्वोच्चले दुवै पक्षलाई छलफल गर्न आवश्यक देखिएकाले परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न आदेश दिएको छ ।