चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

तीन दिने नेपाल भ्रमणका लागि चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् ।

चिनीयाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विषयमा विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ ।

सीको काठमाडौँ आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहेका वाङ तीन दिन काठमाडौँमा रहने कार्यक्रम छ ।

राजनीतिक संक्रमण सकिएर आर्थिक विकासको बाटो तय गरिरहेका बेला नेपालले चीनका तर्फबाट उच्चस्तरको भ्रमणको अपेक्षा गरेको र वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने मन्त्री ज्ञवालीको विश्वास थियो ।