मोडेल ठकुरीको स्वरमा पहिलो गीत ‘इसारमा चल्छ दुनियाँ’

काठमाडौं । मोडेल सन्जिब ठकुरीको इसारामा चल्छ दुनिया बोलको गीत बिमोचन गरि एक कार्यक्रमको बीच सार्बजनिक गरिएको छ यो गीतमा सन्जिब आफैले स्वर दिएका छन् सानोमा गीत गाउने सपना भएपनि मोडेल तिर काम गर्दै थिए तर आज गीत गाउने र गाएक बन्ने सपना पनि पुरा गरेको उनको भनाइ छ ।

जडीबुटी स्थित सैलुङ्ग रोधिमा गीत बिमोचन भएको थियो कार्यक्रमको प्रमुख अतिथि ग्रहण गाएक सर्जक कुमार बस्नेतको रहेको थियो भने निर्देसक तथा सम्पादक क्रान्ति केसी लगाएत धेरै जनाको अतिथि आसन ग्रहण रहेको थियो सम्पूर्ण अतिथिलाइ खादा तथा माला लगाएर स्वागत गरिएको थियो भने सबैले आफ्नो आफ्नो स्वागत मन्तब्य दिएका थिए ।

बिमोचन कार्यक्रममा धेरै कलाकार पत्रकार साथै दर्सक महानुभाबहरुको उपस्थिति रहेको थियो भने अडियो निर्माण पक्ष र भिडियो निर्माण पक्षलाइ मायाको चिनो समेत बितरण भएको थियो ।

सन्जिब ठकुरीको स्वर अनि रोशन सिङ्गको लय सब्द रहेको गीतलाई बिसाल निरौलाको सगीत सयोजन साथै कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ भने भिडियोमा क्रान्ति केसीको निर्देसन ,अजय रेग्मीको छयांकन र क्रान्ति केसीको सम्पादन रहेको छ ।

भिडियोमा सन्जिब ठकुरी र राजकुमार रोकाको अभिनय रहेको छ कार्यक्रम भब्य तथा सभ्य रुपले समापन भएको थियो ।