डिआईजी पोखरेलमाथि गृह मन्त्रालयको एक्सन !

काठमाडौं । नेपाल प्रहरीले बन्यजन्तु अपराध सम्बन्धि एक हप्ते तालिमका लागि प्रवक्ता विश्वराज पोखरेललाई अमेरिका पठायो । तर, तालिमका लागि अमेरिका पुगेका डिआईजी पोखरेलले राजनीतिक दलका नेताहरुले झैं एक अनलाइनले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाई प्रश्नोत्तर गरी नेपाल प्रहरीकै मानमर्दन गरेका छन् ।

आफ्नो फोटो रोखेर व्यानर बनाउन लगाई पोखरेलले नेताकै शैलिमा कार्यक्रममा सहभागिता जनाएपछि उनी विवादमा मुछिएका मात्र छैनन् फौजी संगठनकै बद्नाम भएको छ ।

पोखरेललाई संगठनले तालिमका लागि मात्रै अमेरिका पठाएको थियो । तर, ‘चेन अफ कमान्ड’मा चल्ने संगठनमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट कुनै अनुमति नै नलिई नेपाल प्रहरीकै पोशाक लगाएको फोटो राखी पोखरेलले नै पोष्टर सार्वजनिक गर्न लगाएका कारण उनीमाथि गृहमन्त्रालयले स्पष्टिकरण सोध्ने भएको छ । गृहसचिव प्रमेकुमार राईले फौजी संगठनमा बहालवाला प्रहरी अधिकारीले यसरी वर्दिको दुरुपयोग गरेकोमा स्पष्टिकरण सोध्ने तयारी गरेको गृह स्रोतले बतायो ।

पोखरेसँगै एसपीत्रय सानुराम भट्टराई, किरण राणा र मुकुन्द मरासिनी पनि तालिमका लागि अमेरिका गएका थिए । उनीहरु फर्किसकेका छन् । तर, सरकारले नै अमेरिकाको नेपाली समुदायले आयोजना गरेको कार्यक्रमहरुमा सहभागिता जनाउन पठाएझैं उनी त्यस्ता कर्यक्रममा सहभागिता जनाएर बद्नाम भइरहेका छन् । जसको बारेमा प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयभित्र पोखरेलको आलोचना भएको छ ।

व्यक्तिगत हिसाबले पोखरेलको सहभागीता त्यस्ता कार्यक्रममा विवादीत नहुने देखिए पनि नेपाल सरकारको जिम्मेवार व्यक्तिको रुपमा उनलाई प्रस्तुत गरेर प्रचार गरेका कारण प्रहरी संगठनकै बद्नाम भएको हो । नेपाल प्रहरीको बर्दीसहितको तस्बिर राखी आयोजक संस्थाले ‘नेपालको कानुन र न्याय’का विषयमा प्रवक्तासँगको कुराकानी भनी पोस्टर बनाएर कार्यक्रमको आयोजना गरेको थियो ।

डिआईजी पोखरेलले बर्दीसहितको तस्बिर राखी विदेशी कार्यक्रममा सहभागी हुनका लागि कुनै अनुमति नलिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीमा संगठनको अनुमति बिना जथाभावी अन्तर्वार्ता दिन तथा त्यस्ता खालका कार्यक्रममा जान नेपालमै पनि बन्देज लगाइएको अवस्थामा पोखरेलले अमेरिका पुगेर आफूखुी प्रहरीकै बर्दिको दुरुपयोग हुने गरी कार्यक्रममा सहभागिता जनाएका कारण उनीमाथि गृहले एक्सन लिने तयारी गरेको हो ।

पोखरेल यसअघि पनि विवादमा मुछिदै आएका छन् । काठमाडौं परिसरमा एसएसपी छँदा आफूखुसी नेपाल बंगलादेश बैंकसँग सम्झौता गरी पुरस्कारको नाममा रकम लिएर बाँडेका कारण उनी विवादमा तानिएका थिए । यूनाइटेड पोस्ट साप्ताहिकबाट साभार