आज पनि मध्यम वर्षा हुने

काठमाडौं । शनिबार देशभर मौसम सामान्य बदली रहने भएको छ । हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसमविदहरुले आग्रह पनि गरेका छन् ।