प्रधानमन्त्री ओलीले गरो सिंहदरबारमा नयाँ संसद भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन् ।

सिंहदरबारस्थित पुलती बगैचामा निर्माण हुने संसद भवनको बुधबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । शहरी विकास मन्त्रालयले बनाउन लागेको भवन साढे २ वर्षमा सम्पन्न हुने दाबी गरेको छ ।

उक्त भवनको निर्माण लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ । संघीय संसद अहिले भाडामा सञ्चालन भइरहेको छ ।

सिंहदरबारमा रहेको पुरानो संसद भवन सानो भएपछि बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा संसद बैठक बस्दै आएको छ । उक्त भवनको भाडा वार्षिक करीब १५ करोड रहेको छ ।

नयाँ बन्ने संसद् परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छ ।

साथै करिब तीन सयजना अटने सुरक्षाकर्मीहरुका लागि भवन छुटाछुट्टै पनि निर्माण गरिने छ । परिसर भवनमा तीनतल्ले पार्किङ समेत निर्माण गरिने छ ।

छुटाछुट्टै भवन निर्माण गरिए पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू र त्यसमा उपस्थित हुनुपर्ने विशिष्ट महानुभावहरू समेत अटाउने खालको एउटा हल समेत निर्माण हुने छ ।