पहिलो पटक फुडसलमै केक काटि गायक गुरुङले मनाए जन्मदिन

काठमाडौं । पछिल्लो समय नेपाली कलाकारहरु पनि आफ्नो जन्मोत्सबलाई मनाउने प्रचलन निकै बढेको छ । केही कलाकारहरु आफ्नो जन्मोत्सबलाई सामाजिक सेवा अनाथलय, असाहे, दिन दुःखी, बाढी पीडीत लगायतलाई सहयोग गरि मनाएका हुन्छन् ।

केही कलाकारहरु भने निकै ताझामका साथ आफ्नो जन्मोत्सबलाई मनाउने गर्दछन् ।त्यसै क्रममा कौडा किङ तथा गायक गणेश गुरुङले पनि आफ्नो जन्मोत्सबलाई खेलकुदलाई मध्यनजर राख्दै फुडसलमा मनाएका छन् ।

गणेश गुरुङले साँगितिक क्षेत्रसँगसँगै खेलकुदमा पनि निकै रुचि राख्ने भएकाले फुडसल खेल्दै आफ्नो जन्मोत्सब मनाएका हुन् । उनले काठमाडौंको गंगबुस्थित रहेको ‘मनाङ मस्र्याङ्दी फुडसलमा केक काट्दै मनाएका हुन् ।

गणेश गुरुङले आफ्नो कतिऔं जन्मोत्सब हो भन्ने कुरा भने खुलाएका छैनन् । गुरुङको जन्मोत्सबमा साँगितिक क्षेत्रका तथा गुरुङ फिल्म क्षेका मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो ।

लोकदोहोरी तथा कौडा गीतमा अब्बल गणेश गुरुङ लाहुरे हुने सपनाबाट टाढा हुँदै लोकदोहोरी क्षेत्रमा प्रवेश गरेका थिए । विविध प्रतियोगितामा भाग लिँदै र उच्च स्थान हात पार्दै गए आएका गणेश गुरुङको दर्जनभन्दा बढी एल्बमहरु निकै लोकप्रिय छन् ।

जसमा ‘वरिपिपलको छायाँ, ल्वाङसुपारी, ढल्की ढल्की नाच्यो मजुर, रोधी घरैमा, कौडा, सालैजो, आयो ल्होसार, सल्ला धुपैले, रहर, गोरखा मनकामना, गोगन पानीमा, सुनको औँठी’ लगायत छन् ।

उनले गाएका गीतहरू धेरै चर्चाको शिखरमा छन् । पछिल्लो समय उनले गाएको गीत ‘सल्ला धुपैले र सुनको औँठी’ निकै चर्चामा रहेको छ ।

म्युजिक खबर म्युजिक अवार्ड, राप्ती म्युजिक अवार्ड लगायत दर्जनौं अवार्ड र सम्मान प्राप्त गरिसकेका गणेशले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय प्रतिभा पुरस्कारसमेत हात पारेका छन् ।