शिल्पा र छवि फेरी सँगै

आफ्नै श्रीमान् छविवि रुद्ध उजुरी गर्न प्रहरीमा पुगेकी अभिनेत्री शिल्पा पोखरेल प्रहरीले खोजी गरेपछि पुनः छविसँगै बस्न थालेकी छिन् । उनीहरु दुवै जनासँगै बस्न थालेको खबर रिपोर्टर्स नेपाललाई प्राप्त भएको छ ।

प्रहरीले बहुविवाहको उजुरीमा उनीहरु दुवैलाई खोजी रहेको थियो । शिल्पाले छविबाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिए पछि विभिन्न किसिमका टिका टिप्पणीसँगै उनीहरुले ठूलै चर्चा कमाएका थिए ।

अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि छविले शिल्पासँग विवाह गरेका थिए । २०७३ देखि वैवाहिक सम्बन्धमा बाधिएका शिल्पा छविको चौथो श्रीमती हुन् । उनीहरुको विवाह दर्ता २०७५ साल पुष ११ गते भएको हो । छविले शिल्पालाई चलचित्र “लज्जा” बाट डेब्यू गराएका हुन् ।

निर्माता छवि ओझाकी पहिलो पत्नी हेमा ओझा, दोस्रो अभिनेत्री गीताञ्जली सुनुवार, तेस्रो अभिनेत्री रेखा थापा र चौथो अभिनेत्री शिल्पा पोखरेल हुन् । विवाह गरेको केही समयपछि गीताञ्जलीले आत्महत्या गरेकी थिइन् ।

छविकी पहिली पत्नीबाट दुई छोरा राजीव र महेश, दोस्रोबाट एक छोरा साकार छन् । साकार फिल्म क्षेत्रमै सक्रिय छन् । अभिनेत्री रेखा र शिल्पाबाट कुनै सन्तान भएको छैन । छविकी पहिलो पत्नीले शिल्पा र छवि दुवैलाई बहुविवाहको उजुरी दिएकी थिइन् ।