गायक शेखर लामाको ‘सोलमारी’ (भिडियोसहित)

काठमाडौं । चाडवाड सँगै सोल्मारीको माग बढ्दै गर्दा शुक्रबारबाट सोल्मारी जहाँ पनि छ्याप्छ्याप्ती पाइन थालेको छ। दशैँ नजिकिदै गर्दा सोल्मारी बोलको गीतको म्युजिक भिडियो तपाईंहामी हरेकको मोबाइलमा छ्याप्छ्याप्ती आउन थालेको हो।

गायक शेखर लामाको सोल्मरी बोलको गीत नेपाली सांगीतिक बजारमा छताछुल्ल भएको हो। सोल्मारीको स्वाद जस्तै एक पटक खाए पछि खाईरहुँ लागे जस्तै एक पटक सुनेपछि र हेरेपछि हेरीरहु सुनी रहुँ लाग्ने सोल्मारी अत्यन्तै उत्कृष्ट गीत र भिडियो बनेको छ।

तामाङ्ग सेलोमा आधारित पप गीतमा तामाङ्ग र गुरुङ संस्कृतिलाई एउटै गीतको कथामा उन्न खोजेको निर्देशक नबिन बाबु गुरुङले बताएका छन्। म्युजिक भिडियोलाई नबिन बाबु आफैले छायाँकन समेत गरेका हुन्।

यस गीतको म्युजिक भिडियोको निर्देशनसंगै छायाँकन समेत उल्लेखनीय रहेको देख्न सकिन्छ। जनक थोकरको शब्दलाइ धन दोङ्ग तामांङ्गले संगीतबद्ध गरेको यसगीतलाई बालकृष्ण स्वेयचार्यले संगीत संयोजन गरेका छन।

गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र मोडेल हिस्सी साम्तेन लामाले अभिनय गरेको यस गीतको म्युजिक भिडियोमा जस्मिन मगरको नृत्य निर्देशन रहेको छ भने बिकाश धमलाको सम्पादन रहेको छ।

सप्तक संगीतको युट्युब च्यानल बाट सार्वजनिक यस गीतको अडियो मिक्सीङ्ग मास्टरीङ्ग मिन बिष्टले गरेका हुन्।