राष्ट्रपतिलाई कालो झन्डा देखाउने सबै रिहा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका १० जना रिहा भएका छन्। इन्द्रजात्राको दिन वसन्तपुरमा राष्ट्रपतिलाई कालो झन्डा देखाएको आरोपमा उनीहरु पक्राउ परेका थिए।

पक्राउ पर्नेमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ लगायत थिए। काठमाडौं जिल्ला प्रशासनले १० जनासँग जनही पाँच सय रुपैयाँ जरिवाना लिएर आइतबार छाडेको हो।

प्रहरीले अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर उनीहरुलाई हिरासतमा राखेको थियो। इन्द्रजात्रामा वसन्तपुर आउन लागेकी राष्ट्रपतिबिरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।