नेकपा खोटाङ्गको दोस्रो पूर्ण बैठक सम्पन्न

खोटाङ्ग- तात्कालिन नकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतापछि बनेको नेकपा खोटाङ्ग जिल्लाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

जिल्लामा शपथ पछिको नेकपाको पहिलो बैठक भएपनि विस्तारित र पूर्ण बैठक भने दोस्रो पटक सम्पन्न भएको हो ।

बैठकमा नेकपा सचिवालयद्घारा पारित ‘जनताको जनबाद’को कार्यदिशालाई अंगीकार गरेर जाने कुरामा अधिकांश बक्ताहरुकोे समान धारणा रहेको थियो । उक्त बैठकले जिल्ला अन्तर्गतका १८ वटा विभागको टुंगो लगाएको छ भने जिल्ला अन्तर्गत जेष्ठ कम्युनिष्ट मञ्चको गठन गर्नुका साथै जिल्लाको सल्लाहकार समिति पनि गठन गरेको प्रदेश कमिटी सदस्य सुमन राईले जानकारी दिए ।

त्यसैगरी बैठकले संगठित सदस्यहरुबाट प्रतिव्यक्ति प्रतिमहिना रु. १ सय रुपैयाँको दरले लेबी उठाउने निर्णय गरेको र पार्टी अन्तर कमिटी प्रशिक्षण, टोल कमिटीसँग सँगठन विस्तार गर्ने, संगठन मजबुदी तथा सुदृढीकरण गर्ने निर्णय भएको राईले बताए ।

खोटाङ्ग जिल्लालाई समृद्ध बनाउनको लागि पार्टीको तर्फबाट समग्र स्थानीय निकायको प्रतिवेदन लिएर त्यस प्रतिबेदनको आधारमा र जिल्लामा भईरहेको विकाशे योजना निर्माण गरि १० वर्षभित्र खोटाङ्ग जिल्लालाई सूचना, सञ्चार, यातायात, कृषि, पर्यटनलगायत विविध विषयमा सक्षम र आत्मनिर्भर बनाउने योजनाको विषमा उपलब्ध केन्द्रीय तथा प्रदेश कमिटीका नेताहरुबीच गहन छलफल भएको बताइएको छ । त्यस्तै नेकपा केन्द्रीय कमिटी सदस्य, खोटाङ्ग जिल्ला इन्चार्ज तथा प्रतिनिधी सभाका सांसद् विशाल भट्टराईले सरकारले गरेको सामाजिक सुरक्षा, सिन्डिकेट अन्त्य जस्ता कामहरुको र सरकारको आगामी योजनाहरुको बारेमा छलफलमा जानकारी एवं प्रस्तुतीकरण गरेको खोटाङ्ग जिल्ला कार्यालय सदस्य कुमार आचार्यले जानकारी दिए ।

अधिकांश समय सैद्धान्तिक विषमा केन्द्रीत रहेको बैठकमा केन्द्रीय कमिटीका राम कुमार राई, विशाल भट्टराई, राजन राई, दुर्गा जयन्ती राई र समीता कार्कीको उपस्थिति थियो भने केन्द्रीय अनुसन्धान आयोगका सदस्य कर्ण घले, प्रदेश कमिटी सदस्यहरु देवान किराती (पृथ्वी) हरी पोखरेल, ववी चाम्लिङ्ग, ध्रुव बुढाथोकी, उषाकला राई, सुरेश राई, भीम राई, सुमन राई केन्द्रीय आयोग सदस्य शंकर राईलगायत जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।