नवलपरासी दुर्घटनाः ६ जनाको मृत्यु, सबैको सनाखत

नवलपरासी । पूर्व–पश्चिम महेन्द्रराजमार्गको दुई स्थानमा सोमबार राति भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भएको छ ।

सोमबार राति १० बजे जंगलमा रोकिराखेको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार कार दुर्घटनामा मृत्युहुनेमा नवलपरासीको देबचुली नगरपालिका केउरेनीका ३५ वर्षीय पूर्णबहादुर बिक, २९वर्षीयहिरा राना, ३१वर्षीयदीपेश राना,दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार दांगबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस अरुणखोलामा पल्टिँदा बसका चालक हेटौंडाका लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको र अन्य ३९ जना घाइते भएका हुन्। मंगलबार बिहान ५ बजे दुर्घटना भएको हो।

बसका घाइतेलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ। चालक निदाएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा घाइतेहरुका विवरण

सल्यान कालीमाटी गाउँपालिका ४ का रामबहादुर ओली, लेखराज केसी, प्रकाश केसी, सलेश्वरी गाउँपालिका १ का बस्ने रोहित चन्द, कपुरकोट गाउँपालिका ४ का दिपक पुन, दलबहादुर ओली रहेका छन् ।
त्यस्तै सुनसरी ईनरुवा नगरपालिका १० का रिजवार आलम, रोल्पा गंगादेव गाउँपालिका ६ का नवलसिंह ओली, नवलपरासी विनयत्रिबेणी गाउँपालिका १ का नरबहादुर श्रेष्ठ हुन् ।

रुकुम भूमे गाउँपालिका ८ का प्रमबहादुर बुद्ध,
दाङ तुलसीपुर उपमहानगरपालिका नगरपालिका १४ का बसका सहचालक सुजन बुढाथोकी, दुर्गा परियार, कल्पना परियार, तुलसीपुर नरपालिका १ का प्रेम भुसाल, गुल्मी दरबडी गाउँपालिका ५ का जगदीश अर्याल रहेका छन् ।

घाइते सबैको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।