विद्यालय बनाउन खनिएको खाल्डोमा डुबेर १ बालिकाको मृत्यु

विद्यालयको भवन बनाउनका लागि खनिएको खाल्डोमा डुबेर रौतहटमा एक बालिकाको मृत्यु भएको छ ।

रौतहटको राजपुर नगरपालिकामा विद्यालयको भवन बनाउन खनिएको खाल्डोमा डुबेर ७ वर्षकी प्रियानसी साहको मृत्यु भएको हो ।

श्री जनता माध्यमिक विद्यालयमा ८ कोठा भवन निर्माणको लागि खनिएको खाल्डोमा परेको स्थानीय लखेन्द्र साहकको ७ वर्षकी छोरी प्रियानसीको डुबेर मृत्यु भएको हो ।

विद्यालयको भवनका लागि खनिएको खाल्डोमा पानी जमेको र खेल्नेक्रममा बालिका खाल्डोमा पसेकी थिइन ।

विद्यालय र भवन निमार्णको जिम्मेवारी पाएको ठेकेदारले गरेको लापरबाहीले एक बालिकाको ज्यान गएको भन्दै स्थानीयले विरोध गरेका छ्न ।