यस्तो देखियो १५ सय किलो सुनबाट बनेको महालक्ष्मी मन्दिर

विश्वका प्रख्यात मन्दिरहरुका आ–आफ्नै विशेषताहरु छन् । तीमध्ये, भारतको तमिलनाडुमा रहेको महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको छ ।

भारतको तमिलनाडुको भेल्लोर सहरस्थित महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको छ । करीब १ सय एक्कड क्षेत्रफलमा फैलिएको यो मन्दिर बनाउन ७ वर्ष लागेको थियो । विश्वमै सबैभन्दा धेरै सुन प्रयोग गरिएको यो मन्दिर बनाउन ३ अर्ब भारु खर्च भएको बताइएको छ ।

अँध्यारोमा जब मन्दिरमा प्रकाश ठोक्किन्छ तब यसको दृश्य निकै अद्भूत देखिन्छ । सन् २००७ को अगष्टमा सर्वसाधारणका लागि खुल्ला गरिएको यो मन्दिरको कला कौशल, डिजाइन तथा निर्माण सबै हातैले गरिएको छ । साथै यो मन्दिरको एक–एक कलात्मक डिजाइन वैदिक मान्यतामा आधारित भएको बताइन्छ ।

यो मन्दिरभन्दा अगाडि भारतको अमृतसरस्थित गोल्डेन टेम्पल विश्वमा सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिरको रुपमा प्रख्यात थियो । जसमा साढे ७ सय किलो सुन प्रयोग गरिएको छ ।

यो पनि पढ्नुस

कोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण ‘हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

के हो ‘हाइपनिक जर्क’

हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो । निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।

हाइपनिक जर्कको कारण के ?

वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान, आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ । साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।

कसरी बच्ने ?

आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहाउँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।

क्याफिन

सुत्नुभन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

गुलियो कम खाने

धेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।

आइरन

यस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम र क्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ ।

धेरै कसरत र मोबाइल

सुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नुअघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।