भंसार छली ल्याउदै गरेको बस्तु बरामद

बीरगंज । भंसार छली गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट खरिद गरी नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहत का कार्यालयहरु बाट खटिएका प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज म.पा.वडा नं.१४ गण्डक स्थित चोकबाट कुर्ता सुरुवाल ९ पिस, मोजा १३५ जोड र डोरमेट १४ पिस नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी बीरगंज भंसार कार्यालयमा बुझाएको कुरा उक्त कार्यालय ले जनाएको छ ।

त्यस्तै ०७ गते जिल्ला पर्सा पोखरिया न।पा। ८ जगतपुर गाउमा निम्न स्थान बस्ने निम्न मानिसहरुले अवैध रुपमा घरेलु मदिरा भट्टी संचालन गरेको छ भन्ने खवर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट प्रहरी टोली खटि गई निम्न भट्टिहरु स्थानिय भद्रभलादमी तथा संचारकर्मीको रोहवरमा नष्ट गरिएको कुरा पनि जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाउँदै जिल्ला पर्सा पोखरिया न.पा. ८ बस्ने बद्रि सहनीले संचालन गरेको भट्टीबाट १२०० लि। कच्चा पदार्थ नष्ट गरिएको र सोही ठाउँमा बस्नेचोकट बिनले संचालन गरेको भट्टीबाट कच्चा पदार्थ ५०० लिटर, तयारी मदिरा ५० लिटर नष्ट गरेको बताए का छन् ।

त्यसैगरी प्रहरी चौकी रंगपुरटाँडी पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.वडा नं.२ विश्रामपुर स्थितबाट ७ फिट लम्बाई, गोलाई २ फिट भएको सालको काठ थान २ र साईकल थान १ फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला वन कार्यालय पर्सामा बुझाएको कुरा पनि पर्सा प्रहरीले जानकारी गराएाको छ ।

लागु औषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ ईनर्वा भन्सार स्थित सडकमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ पैदल हिडि आउदै गरेको जि.मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११ बस्ने केदार लामिछानेको छोरा बर्ष २५ को रिजन लामिछानेको साथबाट लागु औषध (कोरेक्स) (२५ थान फेला परेकोले सो लागु औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।