महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेपछि तनाव !

यौ नदुर्व्यव हारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन् ।

अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले भने, ‘‘हामीले उहाँलाई अस्पतालकै बेडमा गएर पटक–पटक बयानका लागि आग्रह गर्यौं तर उहाँले बोल्दिन भन्नुभएको छ । संविधानले नबोल्ने अधिकार दिएको पनि छ । तर प्रमाणबाट हामीले उहाँले यौ न दु र्व्य वहार गरेको पुष्टि गर्छौं ।’’ महरालाई आइतबार फेरि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

शनिबारसम्ममा महराले बयान दिन सक्ने अवस्था अन्त्य भइसकेको छैन । ती प्रहरी अधिकारीले भने, ‘‘बयानमा जबरजस्ती गर्ने कुरा भएन । बोल्ने–नबोल्ने उहाँको स्वतन्त्रताको कुरा हो ।

कुनै पनि अभियुक्तले अदालतमा बयान दिन्न भन्न पाउने व्यवस्था फौजदारी कानुनले नै सुरक्षित गरेको छ । मौनताको अधिकार फौजदारी न्यायको सिद्धान्तमा सामान्य मानिने वरिष्ठ अधिवक्ता यदुनाथ खनाल बताउँछन् । नेपालको संविधान र मुलुकी फौजदारी संहिताले पनि कुनै अभियुक्तलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य पार्न नमिल्ने व्यवस्था रहेको उनले बताए । संविधानको भाग ३ मा रहेको मौलिक हकअन्तर्गत धारा २० ९७० मा ‘ कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य पारिने छैन,’ उल्लेख छ ।

त्यस्तै मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद २ मा फौजदारी न्यायका सामान्य सिद्धान्तसम्बन्धी व्यवस्था छ । जसको दफा ११ मा आफ्नोविरुद्ध साक्षी हुन कर नलाग्नेः कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन कर लाग्ने छैन’ भन्ने व्यवस्था छ ।

वरिष्ठ अधिवक्ता खनालले अभियुक्तले बयान दिन्न भन्दैमा मुद्दा अघि बढाउन भने फरक नपर्ने स्पष्ट पारे । “अभियुक्तले नबोल्दा मुद्दा कमजोर वा बलियो हुने भन्ने हुँदैन । मौन बस्न पाउने उसको अधिकार नै हो । तर, त्यसले मुद्दा अघि बढाउन केही फरक पर्दैन,” उनले भने ।

साविती बयान नदिए पनि अनौपचारिक रुपमा भने महराले आफू पीडित भनिएकी रोशनी शाहीको कोठामा गएको प्रहरीसँग स्वीकार गरेका छन् । तर, आफूले कुनै प्रकारको दु र्व्यवहार नगरेको दाबी महराको छ । महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते उनकै कोठामा गएर यौ न दु र्व्य वहार गरेको आरोप छ ।

रोशनीले आफूमाथि महराले यौ न दु र्व्य वहार गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेपछि महरा पक्राउ परेका हुन् । पक्राउअघि नै उनले सभामुखबाट भने राजीनमा दिएका थिए ।

अदालतबाट म्याद लिएर प्रहरीले महरामाथि अनुसन्धान गरिरहेको छ । महरालाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न १३ दिनको समय मंगलबार दिएको थियो । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।

महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । महरा बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले रोशनीको कोठाबाट महराको भनिएको चश्मा, जुत्ताको सोल लगायतका सामग्री बरामद गरेर फरेन्सिक चेकजाँचका लागि पठाएको छ । यस्तै रोशनीको शरीरमा लागेको चोटको समेत परीक्षण गरिएको छ ।