७४ पदमा विज्ञापन खुल्दा ५० जना उत्तिर्ण, बाँकी पदपूर्तीको बाटो खुल्ला

महिला, दलित र अपांग कोटामा निस्किएन कसैको नाम परेन

काठमाडौं । स्थानीय तहकै लागि भनेर पहिलोपटक लोकसेवा आयोगले आन्तरिक लेखापरीक्षक (आलेप) अधिकृत छैटौं तहको लागि ७४ पदमा विज्ञापन गरेको थियो । जसमा २ सय ६८ सहभागी भएका थिए । तर, ५० जना मात्र उत्तीर्ण भएका छन् ।

लिखितमा उत्तीर्ण भएकाहरूले सीप परीक्षण लगायतको परीक्षा पनि पास गर्नुपर्छ । तर मागभन्दा कम उत्तीर्ण भएकाले जजसको नाम निस्कियो, उनीहरू स्वतः नियुक्तिका लागि सिफारिस हुन सक्ने बाटो खुलेको छ ।

गत वैशाखमा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा करिब नौ हजार कर्मचारी मागेको थियो । त्यसका लागि सबै पदमा करिब ५ लाखको आवेदन परेको थियो । समावेशी नभएको भन्दै सो विज्ञापनको विरोध पनि भएको थियो । यही महिनाभित्र अधिकृत स्तरको सबै परीक्षाफल प्रकाशित गरिसक्ने आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहका लागि १४ वटा केन्द्रबाट परीक्षा लिएको थियो । यसअघि अधिकृत पदमा एकमुष्ट परीक्षा लिइन्थ्यो । यसपटक केन्द्रहरू तोकेर सम्बन्धित केन्द्रअन्तर्गतका स्थानीय तहका लागि अधिकृत मागिएको थियो ।

खुलातर्फको बाँकी २० सिटमा कसैले नामै निकाल्न सकेनन् । महिलातर्फ भने ४ जना मागेकामा ६ जनाले नाम निकालेका छन् । विभिन्न केन्द्रबाट गत भदौ ६ र ७ मा सञ्चालित परीक्षाको गत कात्तिक ८ मा प्रकाशित नतिजामा आवश्यकभन्दा कम संख्यामा परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

महेन्द्रनगर, जुम्ला, सुर्खेत, जलेश्वर, इलाम, धनकुटा र खोटाङ केन्द्रमा मागभन्दा कम उत्तीर्ण भएका हुन् । परीक्षामा ७ वटा केन्द्रमा मागभन्दा कम संख्यामा परीक्षार्थी उत्तीर्ण भएका छन् ।

आयोगका अनुसार महेन्द्रनगर केन्द्रबाट सञ्चालित परीक्षामा आन्तरिक लेखापरीक्षक ७४ पदका लागि २ सय ६८ सहभागी भएका थिए । तीमध्ये खुलातर्फ ७० सिटमा ५० जना मात्र उत्तीर्ण भएका छन् । खुलातर्फको बाँकी २० सिटमा कसैले नामै निकाल्न सकेनन् । महिलातर्फ भने ४ जना मागेकामा ६ जनाले नाम निकालेका छन् ।

जुम्लाबाट आन्तरिक लेखापरीक्षक पदमा खुला र महिला गरी २६ सिट माग भएको परीक्षामा ६० जना सहभागी थिए । नौजना मात्र उत्तीर्ण भएका छन् । एक सिट महिलाका लागि मागिएको थियो । त्यसमा नतिजा शून्य छ । एक सिटका लागि एकजना महिलाले पनि नाम निकाल्न सकेनन् ।

सुर्खेतबाट आन्तरिक लेखापरीक्षक पदको परीक्षामा खुला ६१ र एक महिलाका लागि विज्ञापन भएको थियो । त्यसमा जम्मा ४५ जनाले मात्र नाम निकालेका छन् । जलेश्वरबाट सबै समावेशी सिटमा १ सय ५४ पद माग भएकामा खुला र महिला सिटमा पर्याप्त नाम निस्केन । खुलातर्फ १ सय २७ मागिएकामा ८८ र महिलातर्फ २० मागिएकामा ११ ले मात्र नाम निकालेका छन् ।

इलामबाट आन्तरिक लेखापरीक्षकमा खुला र महिला गरी ३७ पदका लागि माग थियो । खुलातर्फको ३६ सिटमा २२ जनामात्र उत्तीर्ण भएका छन् । यो केन्द्रमा १ सय ४० जनाले परीक्षा दिएका थिए । धनकुटाबाट १ सय ६ पदका लागि ४ सय ७१ परीक्षार्थी सहभागी थिए । खुलातर्फ मागिएको ८३ पदमा ७० ले मात्र पास गरे ।

दलित र अपांगतर्फ १र१ सिटमा कसैले नाम निकाल्न सकेनन् । खोटाङबाट प्रशासन अधिकृतका लागि ३१ पदका लागि ५७ जनाले परीक्षा दिएका थिए, त्यसमा जम्मा २५ मात्र पास भए ।