पुर्वेली गायिका गौतमको ‘कदम छाँयाको’ सार्वजनिक

काठमाडौं । गायिका कोपिला गौतमको लोक तथा दोहोरी गीत ‘कदम छाँयाको’ सार्वजनिक भएको छ । ‘कदम छाँयाको’मा गायिका कोपिला गौतमलाई कृष्ण रेउलेले गायनमा साथ दिएका छन् ।

गीतको शब्द पनि गायक रेउलेकै रहेको छ भने संगीत तथा एरेन्ज गोविन्द मधुर आचार्यको रहेको छ । गीतमा नेपालककै चर्चित नृत्य रियालिटी शो बुगीवुगीकी पहिलो विजेता कविता नेपाली र छमछमीका विजेता सरोज प्रजा दोहोरी गीतको म्युजिक भिडियोमा पहिलो पटक सँगै देखापरेका छन् ।

कविता र सरोजले नृत्य गरेका छन् । उनीहरुलाई सँगै नचाउने काम निर्देशक गम्भिर विष्टले गरेका हुन् । सविता र सरोजसँगै गम्भीरले पनि दोहोरीमा नृत्य गरेका छन् ।

भिडियोको कोरियोग्राफी सुवोल थापाले गरेको हुन् । जसलाई ज्ञानेन्द्र शर्माको छायांकन तथा नविन निरौलाको सम्पादन रहेको छ ।